राष्ट्रियसभा सदस्यका लागि दल दर्ता आह्वान, माघ ९ मा निर्वाचन

२६ मंसिर ७६, शुक्रबार

२७ मंसिर, काठमाडौं ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगले आह्वान गरेको छ ।

आगामी माघ ९ गते १८ सिटका लागि हुने राष्ट्रियसभा निर्वाचनका लागि आयोगले दल दर्ता गर्न आह्वान गरेको हो । नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दल सम्बन्धि ऐन, २०७३ को दफा ४ बमोजिम निर्वाचन आयोगमा दर्ता कायम रहेका दलहरुलाई राष्ट्रियसभा सदस्य निर्वाचनका लागि संविधानको धारा २७१ तथा रानीतिक दल सम्बन्धि ऐन, २०७३ को दफा ४८ बमोजिम मंसिर २७ गतेबाट पुष ६ गतेसम्म दल दर्ताका लागि आह्वान गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगर, उपमहानगर तथा महानगरपालिकाका प्रमखु र उपप्रमुख र प्रदेशसभा सदस्यहरुले मतदान गर्न पाउने छन् ।

राष्ट्रियसभाको उम्मेदवार बन्न अन्तिम मतदाता नामावलीमा नाम दर्ता भएको र संविधानले तोके बमोजिम योग्यता भएको नेपाली नागरिक हुनुपर्ने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए ।

यसअघि दर्ता भएका वा नभएका दलहरुले निर्वाचनमा भाग लिन चाहेको अवस्थामा आवश्यक कागजातसहित आयोगमा निवदेन दिन उनले आग्रह गरे । राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन दार्ता हुने पूराना दलहरुले गत वर्षको लेखा परीक्षण प्रतिवेदन पेश गर्नुपर्ने आयोगले जनाएको छ ।

राष्ट्रियसभाको निर्वाचनका लागि कुनै दलले दल दर्ता गर्न नचाहेको खण्डमा दलको मान्यता र आधिकारिक रुपमा काम गर्ने कुरामा कुनै असर नपर्ने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए । उनले राष्ट्रियसभा निर्वाचनमा भाग नलिने दलहरुले पनि लेखा परीक्षण प्रतिवेदन बुझाउनु पर्ने उनले बताए ।

कुनै राजनीतिक दलले लेखा परीक्षण प्रतिवेदन नबुझाएको खण्डमा सामान्य सोधपुछ बाहेक अरु कुनै कारवाही गर्ने अधिकार ऐनले आयोगलाई दिएको छैन् । राष्ट्रियसभाका एक तिहाइको सदस्य अर्थात १८ सिटका लागि निर्वाचन हुँदैछ ।

एकजना सदस्यलाई राष्ट्रपतिले मनोनयन गर्ने छिन । पहिलो चरणमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका ९ (एक राष्ट्रपतिबाट मनोनित समेत), नेपाली कांग्रेसका ७, राष्ट्रिय जनता पार्टीका २ र समाजवादी पार्टीका १ एकजनाको २ वर्षे कार्यकाल फागुन २० मा सकिँदै छ । राष्ट्रियसभा सदस्यको कार्यकाल सकिन ३५ दिन बाँकी रहँदा निर्वाचन गरिसक्नुपर्ने प्रावधान रहेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top