वर्षातले १० करोडको इँटा नष्ट, बिमा गर्ने व्यवस्था नहुँदा व्यवसायी मारमा

२७ मंसिर ७६, शनिबार

२८ मंसिर, बाँके ।
शुक्रबार दिनभर झरी परेपछि बाँकेका इँटा व्यवसायीले १० करोड रुपैयाँ बढीको नोक्सानी व्यहोर्नुपरेको छ।

Advertisement

तयार पारिएको काँचो इँटा गलेर नष्ट भएका कारण व्यवसायीले ठूलो नोक्सानी व्यहोर्नुपरेको इँटा व्यवसायी सङ्घ बाँकेका अध्यक्ष जैनुल खाँले बताए।

उनका अनुसार शुक्रबारको वर्षाले प्रत्येक इँटा व्यवसायीको २० लाखका दरले क्षति भएको अनुमान छ। वर्षातले बाँकेका ५२ र बर्दियाका १८ गरी ७० इँटा व्यवसायीको अनुमानित सात करोड बढी काँचो इँटा काम नलाग्ने गरी नष्ट पारेको छ।

Advertisement

एउटै व्यवसायीको पकाउन राखिएका १० लाखसम्म इँटा गलेर काम नलाग्ने भएको बाँकेका इँटा व्यवसायी दीपक अधिकारीले जानकारी दिए।
उनका अनुसार यो वर्षातमा सात करोड इँटा नष्ट भएकाले अर्कोपटक इँटा उत्पादन नहुँदासम्म इँटा अभावको सम्भावना देखिएको छ।

इँटा उत्पादकले सिजनमा सात पटकसम्म इँटा उत्पादन गर्ने गरेका छन्। एक पटकमा छ देखि १० लाखसम्म इँटा तयार पारिने व्यवसायी अधिकारीले बताए। शुक्रबारको वर्षातले बाँकेका धेरैजसो इँटा उद्योगका काँचो इँटा गलेर नष्ट छ।

Advertisement

इँटाको बिमा गर्ने व्यवस्था नभएका कारण व्यवसायीले ठूलो क्षति व्यहोर्नुपरेको सङ्घका अध्यक्ष खाँको भनाइ थियो। व्यवसायीले इँटाको पनि बिमा हुनुपर्ने माग गरेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top