त्रिभुवन आर्मी झापामा जारी तेस्रो झापा गोल्डकपको सेमिफाइनलमा

२३ फागुन ७४, बिहीबार

झापा, फागुन २४
गत वर्षको उपाधि विजेता विभागीय टोली त्रिभुवन आर्मी झापामा जारी तेस्रो झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । विभागीय टोली नेपाल पुलिस क्लबमाथि १–० गोलको नतिजा निकाल्दै आर्मीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज भएको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा आर्मीले ४२ औं मिनेटमा गरेको गोल नै निर्णयक बन्यो ।

आर्मीका नवयुग श्रेष्ठलाई डी बक्स एरिया नजिकै पुलिसका खेलाडीले फल गरेपछि पाएको फ्रिकिकमा जर्ज प्रिन्स कार्कीले सुन्दर गोल गरेका थिए । त्यसपछि पनि दुवै टिमले गोल गर्ने केही अवसरहरु पाएपनि खेर फालेका थिए ।

Advertisement

खेलको दोस्रो हाफमा पुलिसले आर्मीलाई केही दबाबमा राखेपनि गोल गर्न नसक्दा आर्मीले अघिल्लो चरणको यात्रा कायम राख्न सफल भयो । निर्णायक गोल गर्ने जर्ज प्रिन्स कार्की नै खेलको म्यान अफ दी म्याच घोषित भए ।

उनले नगद २५ हजार प्राप्त गरे । प्रतियोगितामा भोलिदेखी सेमीफाइनलका खेलहरु हुँदैछन् । पहिलो सेमीफाइनलमा आयोजक झापा ११ र रुस्लान थ्रि स्टारबीच खेल हुने आयोजकले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top