भीरबाट लडेर दुई जनाको मृत्यु

२ पुस ७६, बिहीबार

३ पुस, ताप्लेजुङ ।
ताप्लेजुङको फक्तालुङ–६ स्थित फेदी जंगलको भीरबाट लडेर २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा फक्तालुङ–५ लामाटर बस्ने १८ बर्षीय दिपेश राई र खोटाङ ऐसेलुखर्क घर भई फक्तालुङ बस्दै आएका २३ बर्षीय सुजन राई रहेका छन् ।

बुधबार बिहान १० बजे घर नजिकै रहेको फेदी जंगलमा मालिङ्गो काट्न भनि हिँडेका दुबै जना नआएपछि खोजी गर्दै जाने क्रममा सोही जंगलको भीरबाट लडी दुबै जना मृत अवस्थामा फेला परेका थिए ।

मृत फेला परेको जानकारी आफन्तले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा गराएलगत्तै कानुनी कारबाहीको लागी सिमा प्रहरी चौकी घुन्सा र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी टोली खटि गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top