आईपीएलको अक्सन आज

२ पुस ७६, बिहीबार

एजेन्सी, पुस ३
इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सन आज कोलकतामा हुँदै छ । अक्सन नेपाली समय अनुसार दिउँसो २ः४५ देखी सुरु हुने  छ । अक्सनमा कुल ३ सय ३२ खेलाडी रहेका छन् जसमा ७३ खेलाडी विक्री हुने बताइएको छ ।

अक्सनमा सबैभन्दा बढी रकम खर्च गर्न पाउने रकम किंग्स इलाभेन पञ्जावसँग छ भने सबैभन्दा कम खर्च गर्न पाउने रकम रोहित शर्मा कप्तान रहेको साविक विजेता मुम्मइ इन्डियनसँग रहेको छ ।

यस पटकको अक्सनमा अफगानिस्तान १५ वर्षिय स्पिनर नूर अहमद देखी इंग्ल्यान्डलाई विश्वकप जिताउने कप्तान इओन मोर्गन सम्मका खेलाडी छन् । अक्सनमा इंग्ल्यान्डका कप्तान इओन मोर्गन, ओपनर जोसन रोय, विकेटकीपर टम ब्यान्टन, युवा अलराउन्डर साम करन, अष्ट्रेलियाका ओपनर आरोन फिन्च, क्रिस लिन, हिटर ग्लेन म्याक्सवेल, तीब्र गतिका बलर प्याट कमिन्स, न्युजिल्यान्डका अलराउन्डर जेम्श निशम, वेस्ट इन्डिजका तीब्र गतिका बलर शेल्डन कटरेल र युवा ब्याट्सम्यान शिमरोन हेटमायर लगायतका खेलाडीलाई महँगो मूल्य लाग्न सक्ने अनुमान गरिएको ।

Advertisement

यस पटकको अक्सनमा सबैभन्दा बढि रकम पञ्जावसँग छ । पञ्जावसँग ४२ करोड ७० लाख भारतीय रुपैयाँ बाँकी छ । कोलकता नाइटराइडर्ससँग ३५ करोड ६५ लाख भारतीय रुपैयाँ बाँकी छ । राजस्थान रोयल्ससँग २८ करोड ९० लाख, दिल्ली क्यापिटल्ससँग २७ करोड ८५ लाख, चेन्नइ सुपर किंग्ससँग १४ करोड ६० लाख, बेंगलोरसँग २७ करोड ९० लाख, हैदराबादसँग १७ करोड र मुम्बईसँग १३ करोड ५ लाख भारतीय रुपैयाँ बाँकी रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top