एसईईको तयारी पूरा, दुईथरि प्रश्न सोधिने ?

२६ फागुन ७४, आइतबार

यसपटकको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा दुईथरि प्रश्न सोधिने भएको छ। परीक्षा नियन्त्रण कार्यालयले कुल ८ सय पूर्णांकको पुराना विद्यार्थीलाई पुरानै प्रश्नपत्र र नयाँ विद्यार्थीलाई नयाँ प्रश्न सोध्न लागिएको जनाएको छ।

गत वर्ष कक्षा १० का सबै विषयको पाठ्यक्रम परिवर्तन भएकाले नयाँ विद्यार्थीलाई सोही पाठ्क्रमअनुसार प्रश्न सोधिने छ।

गत वर्ष नै एसईईमा सहभागी भए पनि थप अध्ययनका लागि आवश्यक प्राप्तांक नपुगेका पुराना विद्यार्थी (एक्जाम्टेड) लाई पुरानै पाठ्क्रमअनुसार नै प्रश्न सोध्न लागिएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताए।

Advertisement

रेग्मीका अनुसार गत वर्षको परीक्षामा जीपीएमा १ दशमलव ६ भन्दा थोरै स्कोर आएका अधिकांश विद्यार्थी एक्जाम्टेड समूहमा सहभागी हुँदैछन्। त्यसबाहेक कुनै विषयमा उच्च ग्रेड ल्याए पनि कुनै विषयमा न्यूनतम प्राप्तांक पनि ल्याउन नसकेका विद्यार्थीसमेत यो समूहबाट परीक्षामा सहभागी हुँदैछन्।

परीक्षा चैत ८ देखि २० गतेसम्म सञ्चालन हुँदैछ। गत वर्ष एसईई चैत ३ देखि १४ गतेसम्म भएको थियो। परीक्षा नियन्त्रक रेग्मीका अनुसार यस पटक नियमित र एक्जाम्टेड समूहबाट गरी कुल ४ लाख ८७ हजार परीक्षार्थी सहभागी हुँदैछन्। गत वर्ष एसईईमा ५ लाख ३८ हजार परीक्षार्थी थिए।

कक्षा १० को पाठ्यक्रम परिवर्तन भएसँगै प्राक्टिकल गर्नुपर्ने विषय पनि थपिएका छन्। रेग्मीका अनुसार अनिवार्य ६ वटा विषयमध्ये ५ वटामा प्राक्टिकल हुनेछ। ऐच्छिक विषयमा पनि प्राक्टिकल हुन्छ। नेपालीमा पनि कुल सय पूर्णांकमध्ये ७५ नम्बरको सैद्धान्तिक र २५ नम्बरको प्राक्टिकल हुनेछ। ‘अब गणितमा मात्र प्राक्टिकल हुँदैन’, उनले भने।, यो खबर आजकोअन्नपुर्ण पोष्टमा छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top