दैलेखको ठाटिकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही अपहरणमुक्त

६ पुस, काठमाडौं ।
विप्लव समूहको अपहरणमा परेका दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष अध्यक्ष धीरबहादुर शाही अपहरणमुक्त भएका छन् । विप्लव समूहका कार्यकर्ताले उनलाई आइतबार साँझ कालीकोटको जंगलबाट जंगलमा छाडेका हुन् ।

Advertisement

शनिबार राति करिब दुई बजे शाही र उनकी पत्नी इलालाई घरमा सुतिरहेकै बेला विप्लव समूहले अपहरण गरेको थियो । तर, दुई घन्टा हिँडेपछि इलालाई छाडिएको थियो ।

शाहीलाई कालिकोटको शुभकालिका गाउँपालिकामा फेला पारिएको कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी बमबहादुर नेपाली बताए । यद्यपि, घटनामा कसैलाई पक्राउ गरिएरनगरिएको बारे सूचना प्राप्त भइनसकेको उनले जनाए ।

Advertisement

केहीवेर अघि मात्रै विप्लव समूहले प्रेस विज्ञप्ति जारी गरेर घटनाको जिम्मेवारी लिएको थियो । गाउँपालिकाको रकममा भ्रष्टाचार र विप्लव समूहविरुद्ध सुराकी गरेको आरोपमा उनलाई गिरफ्तार गरिएको दाबी विज्ञप्तिमा थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top