मिस नेपाल अनुष्का श्रेष्ठले सुनाइन् मिस वर्ल्डको अनुभव

७ पुस ७६, मंगलबार

७ पुस, काठमाडौँ ।
मिस नेपाल वल्र्ड २०१९ अनुष्का श्रेष्ठले हालै लण्डनमा सम्पन्न भएको मिस वल्र्ड पेजन्ट २०१९मा आफुले महत्वपूर्ण विषयलाई उठाएको बताएकी छन् । उनले सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मिस वल्र्ड पेजन्टमा गरेक प्रतिवद्धताहरु पुरा गर्ने समेत बताइन् ।

उनले सिन्धुपाल्चोकको पिछडिएको क्षेत्रमा महिला बालिकाको शिक्षाको अवस्थामा दिगो सुधार गर्ने काम गर्ने लक्ष्य लिएको बताइन् । त्यसका लागि आमाहरुको आर्थिक सुधारमा केन्द्रित भई बालिकाहरुको शिक्षामा जोड दिने समेत उनले बताइन । मिस वल्र्ड २०१९ मा सबैभन्दा प्रतिष्ठित २ वटा शीर्षकहरु ‘ब्युटी विथ अ प्रपोस’ र ‘मल्टिमिडिया अवार्ड’ प्रात्त गर्न सकेको भन्दै अफुले नेपाललाई विश्वसामु चिनाउन प्रयास गरेको बताइन् । यसबाहेक श्रेष्ठ ‘हेड टु हेड च्यालेन्ज राउण्ड’ र १ सय भन्दा बढी मुलुकका प्रतिष्प्रधिहरुमा शीर्ष १२ स्थानमा पर्न सफल भएकी थिइन् ।

उनले नेपालले हरेक वर्ष महत्वपूर्ण उपाधि हासिल गर्र्दै गएको बताउँदै यसलाई सफलता मान्नुपर्ने बताइन् । गत वर्षपनि मिस नेपाल वल्र्ड २०१८ श्रीङ्खला खतिवडाले पनि ‘मल्टि मिडिया अवार्ड’ सहित ‘ब्युटीविथ अ प्रपोस’ अवार्ड प्राप्त गरेकी थिइन । नेपालले सन १९९७ देखि मिस वल्र्ड पेजेन्टमा भाग लिदै आएको छ ।

Advertisement

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top