विराटनगर, फागुन २७
जगदम्बा स्टील इण्डस्ट्रीज प्रालिले राइनो ५ सय डी ब्राण्डको डण्डी बजारमा ल्याउने भएको छ । कम्पनीले देशब्यापीरुपमा बजारमा ल्याउन लागेको सो डण्डीको बिषयमा विराटनगरका इन्जीनियरहरुलाई जानकारी गराएको छ ।
नेपाल इन्जीनियर्स एसोशिएसनसंग सहकार्यमा एक कार्यक्रमको आयोजना गरेर जगदम्बा स्टीलले आफ्नो गुणस्तरिय डण्डीको बिषयमा जानकारी गराएको छ ।
कम्पनीका सीइओ आनन्द नेपालले यसअघि बजारमा ५ सय एफ ई डण्डी रहेपनि अहिले ल्याइएको ५ सय एफ ई डी डण्डी उच्च गुणस्तरिय रहेको जानकारी दिए ।
यस अघि काठमाण्डौमा बिक्री वितरणमा रहेको सो डण्डी छिट्टै देशभरि बिक्री खुला गर्न लागिएको जनाईएको छ । सो डण्डी साबिकको डण्डीभन्दा बढी भारबहन क्षमता र लचकदार रहेको कम्पनील जनाएको छ ।