धरान, फागुन २७
पहिचानसहितको प्रदेश नम्बर १ को नामाकरण गर्न किरातसँग सम्बन्धित विभिन्न संघसंस्थाहरु एक भएका छन् । लिम्बुहरुका जातीय संस्था किरात याक्थुङ चुम्लुङले लिम्बुवान र राईहरुको छाता संगठन किरात राई यायोख्खाले किरात प्रदेश नामाकरण गर्नुपर्ने माग राख्दै आएका छन् ।
यसैबिच दुई किरात जन्य संस्थाहरुले आईतबार संयुक्त पत्रकार सम्मेलन गर्दै पहिचान झल्किने गरि प्रदेशको नामाकरण नभए अस्वीकार गर्ने चेतावनी दिएको छ ।
पछिल्लो समय प्रदेश सरकारले भौगोलिक सम्पदाको आधारमा नामाकरण गर्ने चर्चा चले पछि दुई किरात जन्य संस्थाहरुले खोलानाला, हिमाल, पर्वतको नामबाट नामाकरण गर्ने तयारी भईरहेको छ । पहिचान सहितको नामाकरणका लागि केही जातीय संस्थाहरुले किरात प्रदेशका लागि हस्ताक्षर अभियान नै चलाएका छन् ।