उर्लाबारी, फागुन २७
मोरङको लेटाङ नगरपालिका वडा नम्बर २ स्थित बुधबारेमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । स्थानीय किरण भनिने कुमार राईले ३७ वर्षीया श्रीमती कौशिला राईको हत्या गरी कुमार फरार भएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक खगेन्द्र खड्काले जानकारी दिए ।
गएराती मादक पदार्थ सेवन गरी दम्पतीबीच आपसी झगडा भएको अवस्थामा विहान कौशिला मृत अवस्था फेला पर्की थिइन् । उनका श्रीमान कुमार विहान ७ वजे घरबाट फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
टाउकोमा चोट देखिएको शवको उर्लाबारीस्थित मंगलबारे अस्पतालमा पोष्टमार्टम गरिएको छ । मजदुरी गर्ने दम्पत्ती यसअघि पनि मादक पदार्थ सेवन गरी झैझगडा गरिरहने गरेको स्थानीयले बताएका छन् ।