NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ? शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ? शुक्रबार असार २० , २०८२
इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा शुक्रबार असार २० , २०८२
रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

२०१९ मा चार हजार पर्यटकले भ्रमण गरे उपल्लो मुस्ताङ

बिहिबार पुस १० , २०७६
Reading Time: 1 min read
A A
Advertisement
२०१९ मा चार हजार पर्यटकले भ्रमण गरे उपल्लो मुस्ताङ
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१० पुस, मुस्ताङ ।

सन् २०१९ मा करिब चार हजार विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका छन् । जनवरीदेखि नोबेम्बरसम्म ११ महिनामा तीन हजार ८६३ विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका हुन । यो सङ्ख्या सन् २०१८ को सोही अवधिको भन्दा १.५० प्रतिशतले कम हो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को इलाका संरक्षण कार्यालय लोमान्थाङका प्रमुख तुलसी दाहालका अनुसार २०१८ को जनवरीदेखि नोबेम्बर महिनासम्म तीन हजार ९२२ ले उपल्लो मुस्ताङ भ्रमण गरेका थिए । चालू अङ्ग्रेजी महिना डिसेम्बरको तथ्याङ्क प्राप्त हुन बाँकी छ ।

Advertisement

एक्यापको कागबेनीस्थित चेकपोष्टले अर्धनिषेधित क्षेत्रको रुपमा रहेको उपल्लो मुस्ताङ भ्रमणमा जाने पर्यटकको तथ्याङ्क राख्ने गरेको छ । जनवरीमा १०, फेब्रअरीमा ९, मार्चमा १०२, अप्रिलमा ४७०, मेमा ६४०, जुनमा १०४, जुलाइमा २५३, अगस्तमा ४३४, सेप्टेम्बरमा ५५०, अक्टोबरमा ९६७ र नोबेम्बरमा ३२४ जना पर्यटक उपल्लो मुस्ताङ भ्रमणमा गएको तथ्याङ्क छ ।

आगामी सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने तयारी भइरहेका बेला राष्ट्रिय तथ्याङ्कको अनुपातमा उपल्लो मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्याले मुस्ताङका सरोकारवालालाई चिन्ता पैदा गरेको छ । महङ्गो प्रवेश शुल्क, भ्रमण अनुमतिका लागि झञ्जटिलो प्रक्रिया र पुराना पदमार्ग सडकमा परिणत हुँदा पर्यटक आगमनमा असर परेको लोमान्थाङ होटल व्यवसायी सङ्घका कोषाध्यक्ष रामबहादुर गुरुङले बताए ।

पर्यटक बढाउन वैकल्पिक पदमार्ग सञ्चालन, प्रचारप्रसार र प्रवेश शुल्क घटाउन स्थानीयवासीले एक वर्षयता दबाबमूलक कार्यक्रम गर्दै आएका छन् । चीनको सीमा क्षेत्रमा अवस्थित लोमान्थाङ र दामोदरकुण्ड लोघेयकर गाउँपालिकामा पर्ने उपल्लो मुस्ताङ भ्रमणका लागि विदेशीले कम्तीमा दुई जनाको समूह बनाएर अध्यागमन विभागलाई ५०० डलर तिरेर १० दिनका लागि अनुमति लिनुपर्ने व्यवस्था छ ।

दश दिनभन्दा बढी बस्नुपर्दा कारण खुलाएर प्र्रतिदिन ५० डलरका दरले अतिरिक्त शुल्क बुझाउनुपर्छ । काठमाडौँबाट अनुमति लिएर भ्रमणमा आउनुपर्छ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा करोडौँ खर्चेर सुविधा सम्पन्न होटल खोल्ने क्रम बढेको छ । महङ्गो शुल्क र झञ्जटिलो प्रक्रियाका कारण पर्याप्त पर्यटन नआउँदा व्यवसाय सङ्कटमा परेको होटल व्यवसायी गुरुङले बताए ।

‘प्रवेश शुल्क महङ्गो भएका कारण सबै वर्ग र आर्थिक हैसियतका पर्यटक उपल्लो मुस्ताङ घुम्न आउन नसकेको ठहर गर्दै शुल्क घटाउन गाउँपालिका, प्रदेश र सङ्घीय सरकारसम्म ज्ञापनपत्र बुझाएका छौँ’, गुरुङले भने, ‘शुल्क नघटे हामी आन्दोलनमा जाने तयारीमा छौँ । डिसेम्बरसम्म सरकारको निर्णय पर्खेर बसेका छौँ ।’

दुई वटा गाउँपालिकामा ३० लाखदेखि २० करोडसम्म लगानीका दैनिक ५०० जना बास बस्न सक्ने क्षमताका करिब ५० वटा रिसोर्ट, होटल तथा लज सञ्चालनमा छन् । यस वर्ष थप ५० बेड क्षमताका होटल थपिँदै छन् । सडक सुविधासँगै बिदा र चाडपर्वको समयमा आन्तरिक पर्यटकको आगमन बढेपनि नियमित छैन । एक्याप लोमान्थाङका अनुसार सन २०१६, १७ र १८ मा क्रमशः तीन हजार ९१८, चार हजार १५ र तीन हजार ९४६ विदेशीले उपल्लो मुस्ताङ घुमेका थिए ।

पर्यटक आगमन बढाउन नयाँ पदमार्ग र गन्तव्यको खोजीमा लागेको एक्याप लोमान्थाङका श्रीकृष्ण न्यौपानेले बताए । पुरानो पदमार्ग सडकका कारण विस्थापित भएकाले विभिन्न बस्ती, गुफा, गुम्बा र दरबार भएका क्षेत्रलाई समेटेर पदमार्ग सञ्चालनको तयारी गरेको उनले बताए ।

सडक बनेपछि पैदल यात्रा गर्ने पर्यटकलाई धुलो र धुवाँले असर गरेको छ । पर्यटकको बसाइ छोटिएको छ । यातायातको साधनबाट यात्रा गर्दाबीचका पर्यटकीयस्थल ओझेलमा परेका चराङकी अगुवा माया विष्टले बताए । पहिले दश दिने लाग्नेमा अहिले तीन चार दिनमै भ्रमण गर्न सकिने भएको छ । पर्यटक सिधै कुनै ठाउँमा जाने भएकाले बीचका बस्तीको व्यवसायमा असर परेको हो ।

सन १९९२ मा उपल्लो मुस्ताङमा पर्यटकलाई भ्रमणका लागि खुल्ला गर्दा पहिलो वर्ष ४८३ जना पर्यटक आएका थिए । सन् २००७ सम्म प्रतिदिन सत्तरी डलर प्रवेश शुल्क हुँदा वार्षिक ८०० पर्यटक आउने गरेकोमा शुल्क घटाएपछि बढेका थिए ।

कलात्मक पहाड, उजाड मरुभूमि जस्तै भूगोल, माटोले बनाइएका घर, हिमाली जीवनशैली, पुरानो तिब्बती संस्कृति, ऐतिहासिक महत्वका दरबार, गुफा, गुम्बा, छोर्तेन, कोरला नाका यस क्षेत्रको आकर्षण हो । रासस

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

विचार

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?
ताजा समाचार

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा
Breaking news

कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.