×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

२०१९ मा चार हजार पर्यटकले भ्रमण गरे उपल्लो मुस्ताङ

१० पुष २०७६

१० पुस, मुस्ताङ ।

सन् २०१९ मा करिब चार हजार विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका छन् । जनवरीदेखि नोबेम्बरसम्म ११ महिनामा तीन हजार ८६३ विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका हुन । यो सङ्ख्या सन् २०१८ को सोही अवधिको भन्दा १.५० प्रतिशतले कम हो ।

Advertisement
Advertisement

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को इलाका संरक्षण कार्यालय लोमान्थाङका प्रमुख तुलसी दाहालका अनुसार २०१८ को जनवरीदेखि नोबेम्बर महिनासम्म तीन हजार ९२२ ले उपल्लो मुस्ताङ भ्रमण गरेका थिए । चालू अङ्ग्रेजी महिना डिसेम्बरको तथ्याङ्क प्राप्त हुन बाँकी छ ।

एक्यापको कागबेनीस्थित चेकपोष्टले अर्धनिषेधित क्षेत्रको रुपमा रहेको उपल्लो मुस्ताङ भ्रमणमा जाने पर्यटकको तथ्याङ्क राख्ने गरेको छ । जनवरीमा १०, फेब्रअरीमा ९, मार्चमा १०२, अप्रिलमा ४७०, मेमा ६४०, जुनमा १०४, जुलाइमा २५३, अगस्तमा ४३४, सेप्टेम्बरमा ५५०, अक्टोबरमा ९६७ र नोबेम्बरमा ३२४ जना पर्यटक उपल्लो मुस्ताङ भ्रमणमा गएको तथ्याङ्क छ ।

आगामी सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने तयारी भइरहेका बेला राष्ट्रिय तथ्याङ्कको अनुपातमा उपल्लो मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्याले मुस्ताङका सरोकारवालालाई चिन्ता पैदा गरेको छ । महङ्गो प्रवेश शुल्क, भ्रमण अनुमतिका लागि झञ्जटिलो प्रक्रिया र पुराना पदमार्ग सडकमा परिणत हुँदा पर्यटक आगमनमा असर परेको लोमान्थाङ होटल व्यवसायी सङ्घका कोषाध्यक्ष रामबहादुर गुरुङले बताए ।

पर्यटक बढाउन वैकल्पिक पदमार्ग सञ्चालन, प्रचारप्रसार र प्रवेश शुल्क घटाउन स्थानीयवासीले एक वर्षयता दबाबमूलक कार्यक्रम गर्दै आएका छन् । चीनको सीमा क्षेत्रमा अवस्थित लोमान्थाङ र दामोदरकुण्ड लोघेयकर गाउँपालिकामा पर्ने उपल्लो मुस्ताङ भ्रमणका लागि विदेशीले कम्तीमा दुई जनाको समूह बनाएर अध्यागमन विभागलाई ५०० डलर तिरेर १० दिनका लागि अनुमति लिनुपर्ने व्यवस्था छ ।

दश दिनभन्दा बढी बस्नुपर्दा कारण खुलाएर प्र्रतिदिन ५० डलरका दरले अतिरिक्त शुल्क बुझाउनुपर्छ । काठमाडौँबाट अनुमति लिएर भ्रमणमा आउनुपर्छ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा करोडौँ खर्चेर सुविधा सम्पन्न होटल खोल्ने क्रम बढेको छ । महङ्गो शुल्क र झञ्जटिलो प्रक्रियाका कारण पर्याप्त पर्यटन नआउँदा व्यवसाय सङ्कटमा परेको होटल व्यवसायी गुरुङले बताए ।

‘प्रवेश शुल्क महङ्गो भएका कारण सबै वर्ग र आर्थिक हैसियतका पर्यटक उपल्लो मुस्ताङ घुम्न आउन नसकेको ठहर गर्दै शुल्क घटाउन गाउँपालिका, प्रदेश र सङ्घीय सरकारसम्म ज्ञापनपत्र बुझाएका छौँ’, गुरुङले भने, ‘शुल्क नघटे हामी आन्दोलनमा जाने तयारीमा छौँ । डिसेम्बरसम्म सरकारको निर्णय पर्खेर बसेका छौँ ।’

दुई वटा गाउँपालिकामा ३० लाखदेखि २० करोडसम्म लगानीका दैनिक ५०० जना बास बस्न सक्ने क्षमताका करिब ५० वटा रिसोर्ट, होटल तथा लज सञ्चालनमा छन् । यस वर्ष थप ५० बेड क्षमताका होटल थपिँदै छन् । सडक सुविधासँगै बिदा र चाडपर्वको समयमा आन्तरिक पर्यटकको आगमन बढेपनि नियमित छैन । एक्याप लोमान्थाङका अनुसार सन २०१६, १७ र १८ मा क्रमशः तीन हजार ९१८, चार हजार १५ र तीन हजार ९४६ विदेशीले उपल्लो मुस्ताङ घुमेका थिए ।

पर्यटक आगमन बढाउन नयाँ पदमार्ग र गन्तव्यको खोजीमा लागेको एक्याप लोमान्थाङका श्रीकृष्ण न्यौपानेले बताए । पुरानो पदमार्ग सडकका कारण विस्थापित भएकाले विभिन्न बस्ती, गुफा, गुम्बा र दरबार भएका क्षेत्रलाई समेटेर पदमार्ग सञ्चालनको तयारी गरेको उनले बताए ।

सडक बनेपछि पैदल यात्रा गर्ने पर्यटकलाई धुलो र धुवाँले असर गरेको छ । पर्यटकको बसाइ छोटिएको छ । यातायातको साधनबाट यात्रा गर्दाबीचका पर्यटकीयस्थल ओझेलमा परेका चराङकी अगुवा माया विष्टले बताए । पहिले दश दिने लाग्नेमा अहिले तीन चार दिनमै भ्रमण गर्न सकिने भएको छ । पर्यटक सिधै कुनै ठाउँमा जाने भएकाले बीचका बस्तीको व्यवसायमा असर परेको हो ।

सन १९९२ मा उपल्लो मुस्ताङमा पर्यटकलाई भ्रमणका लागि खुल्ला गर्दा पहिलो वर्ष ४८३ जना पर्यटक आएका थिए । सन् २००७ सम्म प्रतिदिन सत्तरी डलर प्रवेश शुल्क हुँदा वार्षिक ८०० पर्यटक आउने गरेकोमा शुल्क घटाएपछि बढेका थिए ।

Advertisement

कलात्मक पहाड, उजाड मरुभूमि जस्तै भूगोल, माटोले बनाइएका घर, हिमाली जीवनशैली, पुरानो तिब्बती संस्कृति, ऐतिहासिक महत्वका दरबार, गुफा, गुम्बा, छोर्तेन, कोरला नाका यस क्षेत्रको आकर्षण हो । रासस

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top