×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

दाहालको रेकर्ड र ओली–गगन दोहोरी : प्रचण्डले भने – गिनिज बुकमा मेरो नाम लेखिने रहेछ ?

२८ फाल्गुन २०७४

प्रधानमन्त्री केपी ओलीलाई प्रतिनिधिसभाको तीन चौथाइ बढी मत प्राप्त भएको छ। प्रधानमन्त्री नियुक्त भएको झन्डै एक महिनापछि ओलीले आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिएका हुन्।

०१५ सालमा बीपी नेतृत्वको कांग्रेस सरकारपछि ५९ वर्षमा पहिलोपटक मुलुकले बलियो सरकार पाएको छ। ०६२-६३ को जनआन्दोलनपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सहमतीय आधारमा प्रतिपक्षबिनाको प्रधानमन्त्री बनेका थिए। तर, चुनावी प्रतिस्पर्धापछिको पहिलो बलियो सरकारको नेतृत्व गर्ने मौका ओलीले पाएका छन्।

Advertisement
Advertisement

ओलीलाई प्रधानमन्त्रीमा समर्थन जनाउने क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आठ वटा प्रधानमन्त्रीको समर्थक आफू बसेको स्मरण गराए। ‘१० वर्षमा १० प्रधानमन्त्री भयौं। आठ वटा प्रधानमन्त्री बनाउने प्रस्तावक मै भएछु,’ उनले भने, ‘भविष्यमा कति प्रधानमन्त्री बनाएपछि गिनिज बुकमा मेरो नाम लेखिने रहेछ ? ’ दाहालले यस्तो धारणा राख्दा संसद्मा हाँसो छाएको थियो।

कांग्रेसका तर्फबाट संसदीय दलका उपनेता विजय गच्छदारले आधिकारिक धारणा राखिसकेपछि कांग्रेसकै अरू तीन सांसदले प्रधानमन्त्रीको प्रस्तावको पक्षमा बोल्ने मौका पाएका थिए। सांसद गगन थापाले संविधान संशोधनको कुरा गर्नु मात्र पनि राष्ट्रघात भन्ने एमालेले अहिले संशोधनको कुरा गरेको भन्दै व्यंग्य गरे। स्पष्ट बहुमत हुँदाहुँदै दुईतिहाइको समर्थन खोज्नुले ओली ‘तानाशाही’ बन्ने खतरा रहेको थापाले आरोप लगाए। वाम गठबन्धनको घोषणापत्र कार्यान्वयनका लागि अब दिनगन्ती सुरु भएको भन्दै उनले थपे, ‘घोषणापत्रको प्रतिबद्धता अब नगदमा चाहिन्छ, खनखन पैसा गनेजस्तो।’

जवाफमा ओलीले कटाक्ष गरे। कांग्रेसका युवा नेता गगनको उमेरजति आफूले लोकतन्त्रका लागि लडेको भन्दै लोकतन्त्र मास्ने कुनै पनि आशंका नगर्न आग्रह गरे। कार्यान्वयन गर्न नै चुनावी घोषणापत्र बनेको उनले बताए।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।
– ‘म कुनै पनि ‘एस्क्युज’ खोज्दिनँ : ओली

– भाषण होइन, एक्सनमा जानुहोस् : दाहाल

– गुण र दोषका आधारमा समर्थन : गच्छदार

– ओलीको बोलीलाई विश्वास गरेका छौं : राजपा

Advertisement

– प्रदेशमा हामीलाई काँध दिनुभयो, यहाँ हामी दिन्छौं : फोरम

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top