झ्याप्प झ्याप्प विद्युत् काटिएपछि समाधान खोज्दै कुलमान घिसिङ

१३ पुस, काठमाडौँ । 

विद्युत्भार कटौतीको अन्त्य भएको लामो समय भए पनि राजधानीमा पछिल्लो दिनमा अनियमित तरिकाले विद्युत् काटिएको छ । यो विषय नेपाल विद्युत् प्राधिकरणका लागि चुनौती मात्रै नभई टाउको दुखाइको विषय बनेको छ ।

विद्युत्भार कटौतीको अन्त्यपछि पनि किन यस्तो अवस्थाको सिर्जना भयो होला भनेर आम मानिसले चासो व्यक्त गरिरहेका छन् । माग र आपूर्तिबीचको सन्तुलन मिलाएर विद्युत् वितरण गरिरहेको नेपाल विद्युत् प्राधिकरणलाई पनि अनियमित तरिकाले विद्युत् काटिँदा जनमानसले के ठान्लान् भन्ने लागेकै छ ।

जाडोको समयमा विद्युत् प्रयोग पनि बढेको छ । माग बढ्दा केही स्थानमा स्वभाविकरूपमा ‘लोड’ बढेको र ‘लोड’ व्यवस्थापनमा केही समस्या आउँदा विद्युत् काटिने गरेको निष्कर्षमा प्राधिकरण पुगेको छ । सोही समस्या समाधानका लागि प्राधिकरणले काठमाडौँका प्रमुख सवस्टेशन र वितरण केन्द्रहरुमा प्राविधिक जनशक्ति परिचालन गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको निर्देशनमा कार्यकारी निर्देशकसहितको प्राविधिक टोली परिचालित भएको हो । मन्त्री पुन प्राधिकरण सञ्चालक समितिको अध्यक्षसमेत हुन् । झ्याप्प भ्m्याप्प बत्ती काटिएको भन्ने गुनासोपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफैँ कार्यस्थलमा खटिई समस्या समाधानका लागि पहल थालेका छन् । उनले आज मात्रै काठमाडौँका बानेश्वर, टेकु, बालाजु, भक्तपुर, मुलपानीलगायत सवस्टेशनको स्थलगत निरीक्षण गरी समस्या समाधानका लागि पहल गरेका छन् ।

कार्यकारी निर्देशक घिसिङले बढी विद्युत् माग भएको क्षेत्रमा ट्रान्सफर्मर फेर्न, विद्युत् वितरण प्रणालीमा समस्या देखिए त्यसलाई तत्काल समाधान गर्न निर्देशन दिएका छन् । काठमाडौँ ग्रीडका प्रमुख विनोद लोहनीले समस्या देखिएका केही सवस्टेशनको स्थलगत निरीक्षण गरिएको र झ्याप्प झयाप्प बत्ती जाने समस्या समाधानका लागि पहल गरिएको जानकारी दिए ।

उनका अनुसार कार्यकारी निर्देशक घिसिङले समस्याको उचित पहिचान गर्न, समाधानका लागि कुनै कसर बाँकी नराख्न, जनशक्ति नपुगेको भए माग गर्न तथा वितरण प्रणालीमा समस्या देखिएको भए त्यसलाई तत्काल समाधान गर्नसमेत निर्देशन दिएका छन् ।

‘विशेषगरी जाडो बढ्दै जाँदा विद्युत् माग ह्वात्तै बढेका कारण पनि केही स्थानमा समस्या आएको छ’, लोहनीले भने, ‘हामीले समस्या समाधानका लागि पहल गरेका छौँ । आज कार्यकारी निर्देशक पनि आँफै कार्यस्थलमा पुग्नु भई समस्याको निरुपणका लागि पहल गर्नुभएको छ ।’

पछिल्ला दिनमा बानेश्वर, टेकु, बालाजु र पाटनमा केही समस्या देखिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले विद्युत् खपतका लागि आग्रह गरेलगत्तै विद्युत् माग बढेको छ । कार्यकारी निर्देशक घिसिङले माग व्यवस्थापनका लागि प्रयत्न गर्न र समस्याको उचित निरुपणका लागि सम्बन्धित सवस्टेशनका प्रमुख तथा ग्रीडका प्रमुखलाई निर्देशनसमेत दिए ।

प्रमुख लोहनीका अनुसार समस्या समाधानका लागि काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलान्चोकको वितरण केन्द्र तथा ग्रीडलाई समेत एकीकृत कार्ययोजनाका साथ काम गर्न कार्यकारी निर्देशक घिसिङले निर्देशन दिएका छन् ।

काठमाडौँको माग ४०० मेगावाट

जाडोको समयमा काठमाडौँ उपत्यकामा विद्युत् माग बढेर ४०० मेगावाट पुगेको छ । गत वर्ष ३०० मेगावाटको हाराहारीमा रहेको विद्युत् माग १०० मेगावाटले बढेको हो । माग बढेका कारण लोड व्यवस्थापनमा समेत चुनौती थपिएको छ । माग बढ्नुलाई प्राधिकरणले पनि सकारात्मक रुपमा लिएको छ ।

चालू आर्थिक वर्षको अन्त्यसम्म प्राधिकरणको प्रणालीमा थप एक हजार मेगावाट विद्युत् थप हुने भएकाले माग बढाउन प्राधिकरणले यसअघि नै आग्रह गरिसकेको छ । चालू आवको अन्त्यसम्म ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीलगायतका आयोजनाले विद्युत् उत्पादन शुरु गर्नेछ ।

जाडोको समयमा विद्युत् खपत बढेको छ । यसलाई व्यवस्थापन गर्दै जाने योजनामा रहेको प्राधिकरणको केन्द्रीय भारप्रेषण केन्द्रले जनाएको छ । काठमाडौं उपत्यकामा बस्ती विस्तार भएको र उद्योग कल कारखानासमेत नियमित चलेकाले पनि माग बढेको निष्कर्षमा प्राधिकरण पुगेको छ ।

प्राधिकरणको प्रणालीमा हाल आफ्नै विद्युत्गृहबाट सात हजार ३२४ मेगावाट घण्टा विद्युत् उपलब्ध भइरहेको छ । यस्तै निजी क्षेत्रका आयोजनाबाट छ हजार ९६४ मेगावाट घण्टा, भारतबाट आठ हजार ६३५ मेगावाट घण्टा विद्युत् आपूर्ति भइरहेको छ । कूल माग २२ हजार ९५३ मेगावाट घण्टा रहेको छ । यस्तै प्राधिकरणका अनुसार ‘ट्रिपिङ’ भने शून्य छ ।

– रमेश लम्साल/रासस

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top