साङ्गीतिक कार्यक्रममा परिवारसहित पुगे रामकृष्ण ढकाल

१३ पुस ७६, आइतबार
Share this
709shares

१३ पुस, काठमाडौँ ।
गायक रामकृष्ण ढकाल र  निलम शाहको सम्बन्धविच्छेद भएको घटनाले चर्चा पाईरहेको बेला दुवै जना छोरीसहित एक सांगितिक कार्यक्रममा उपस्थित भएका छन् ।

Advertisement

बुधवार काठमाडौँ जिल्ला अदालतबाट गायक रामकृष्ण ढकाल र उनकी श्रीमती निलम शाह ढकालबिच सम्बन्ध विच्छेद भएको खबर बाहिरिएपछि यसबारेका समाचार झुटो भएको बताइरहेका उनीहरु शनिवार भारतीय गायिका आशा भोस्ले सहित नेपाली गायक गायिकाको प्रस्तुति रहेको कार्यक्रममा सँगै पुगेका हुन् ।

कार्यक्रममा उनीहरू सदा झैँ प्रस्तुत भएका थिए जुन हेर्दा उनीहरूको सम्बन्ध बिच कुनै चिसो पन आएको भन्ने आभास हुन दिएका थिएनन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top