विराटनगर, फागुन २८
जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तरर्गत समुह चरणको अन्तिम खेलमा हङकङले नेपाललाई १ सय ५४ रनको लक्ष्य दिएको छ ।
जिम्बावेको बुलावायोस्थित क्विन्स स्पोर्ट्स क्लब मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको हङकङले ४८ ओभर २ बल खेलेर १ सय ५३ रन बनाएको हो ।
उसले विकेट गुमाएर नेपाल सामु झिनो रनको लक्ष्य प्रस्तुत गरेको हो । हङकङका लागि नीजाकत खानले सबार्धीक ४७, बाबर हायतले २० रन, एहसान खानले २५, एहसान नवाजले १३, तनवीर अफजालले १० रनको योगदान दिए ।
नेपालका लागि सन्दिप लामिछानेले सर्वात्र्रीक ३ विकेट तथा करण केसी र बसन्त रेग्मीले समान २/२ विकेट लिए । त्यस्तै सोमपाल कामी र ललितलारायाण राजवंशीले १–१ विकेट लिए । सन्दिपले १० ओभर बलिङ गर्दै ४ मेडनसहित १७ रन दिएका थिए ।