सरकारले मुख्य सहरमा घरभाडामा बस्नेहरुको अभिलेख राख्ने

१५ पुस, काठमाडौँ ।
सरकारले काठमाडौं उपत्यकासहित मुलुकका मुख्य सहरमा घरभाडामा बस्नेहरुको अभिलेख राख्ने भएको छ ।

Advertisement

गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेम राई र सुरक्षा निकायका प्रमुखहरुको बैठकले भाडामा बस्ने व्यक्तिहरुबाट आपराधिक गतिविधि हुने गरेको भन्दै उनीहरुको अभिलेख गृह मन्त्रालयले राख्ने निर्णय गरेको हो।

गृहमन्त्रालयको निर्णयमा भनिएको छ, ‘व्यक्तिरसंस्थारकार्यालयले घरभाडामा दिँदा र लिँदा आफ्नो घरमा भाडामा बस्ने व्यक्तिरसंस्थारकार्यालयको परिचय खुल्ने कागजातसहितको विस्तृत विवरणरजानकारी एवं छाडेको विवरण र जानकारी स्थानीय प्रहरी इकाईमा अनिवार्य रुपमा दिने र स्थानीय प्रहरी इकाईले पनि अनिवार्य रुपमा लिई घरभाडामा बस्ने र छाड्नेहरुको नियमित एवं अद्यावधिक अभिलेख राख्‍ने।’

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top