घाइतेका अश्रुमिश्रित खुसी – भाग्यले बाँचेको महसुस गरिरहेका मेहदी हसन

२८ फागुन ७४, मंगलबार

भाग्यले बाँचेको महसुस गरिरहेका मेहदी हसन सोमबार साँझ काठमाडौं मेडिकल कलेजको शड्ढयामा रोइरहेका थिए । २९ वर्षीय उनले दायाँ हातले मोबाइल उठाएर आफू सकुशल भएको जानकारी परिवारलाई दिइरहँदा उनको बायाँ खुट्टाबाट रगत बगिरहेको थियो ।

४४९ नं. को शड्ढयामा हसनको अवस्था देखेपछि डाक्टरहरू उनीतिर दौडिए । युएस बंगला एयरलाइन्सको विमानबाट घुम्न नेपाल आउँदै गरेका उनको केएमसीमै उपचार भइरहेको छ । उनको टाउको, करङ र खुट्टामा चोट लागेको छ । ‘पेटमा पनि समस्या भएझैं लागिरहेको छ,’ उनले भने ।

४३ वर्षीय बंगलादेशी नागरिक अहमद सहरिनको दायाँ कुम जलेको छ । छातीमा समेत चोट लागेकाले उनी कृत्रिम श्वास लिइरहेका छन् । उनीजस्तै घाइते भएका १२ जनाको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Advertisement

नर्भिकमा पाँच, ग्रान्डीमा तीन, ओम र मेडिसिटीमा एक-एक गरी २२ जनाको उपचाररत छन् । उपचाररत सबैको टाउको, हातखुट्टालगायत शरीरका विभिन्न भागमा चोट लागेको छ ।

काठमाडौं मेडिकल कलेजका कार्यकारी प्रमुख डा. दामोदर पोखरेलका अनुसार घाइतेको हड्डी, नशा, टाउकोलगायत अंगमा चोट लागेको छ । विमानस्थलबाट सबैभन्दा नजिक पर्ने भएकाले २५ जनालाई एम्बुलेन्समा काठमाडौं मेडिकल कलेज पुर्‍याइएको थियो । जसमध्ये आठ जनाको बाटोमै मृत्यु भयो । शारीरिक अवस्था हेरेर सम्बन्धित विभागमा उपचार भइरहेको डा. पोखरेलले जानकारी दिए । घाइतेको शरीरको केही भाग जलेको छ । उनीहरूको सिटिस्क्यान गर्नेलगायत परीक्षण भइरहेको छ ।

मेडिकल कलेजमा धर्मेन्द्रसिंह पुजाना, स्वराना, इमराना कविर, पिंकी धामी, सुमिना व्यञ्जनकार, कविर हुसेन, रसिद हसन, रिजाना अब्दुल्ला, डा. इरजाना, एमडी सहिनको उपचार भइरहेको डा. पोखरेलले बताए । अस्पतालमा प्रारम्भिक उपचार गराएपछि किशोर त्रिपाठी, हरिप्रसाद सुवेदी, दयाराम ताम्राकार र केशव पाण्डेलाई भने अन्यत्र रिफर गरिएको छ ।

सहनै नसकिने पीडा भोग्नुपरे पनि बाँच्न सफल भएकोमा घाइतेहरू खुसी देखिन्छन् । सँगै यात्रा गरेका थुप्रै व्यक्ति गुमेको पीडा पनि उनीहरूको आँखामा प्रस्टै झल्किन्थ्यो ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top