काठमाडौं, फागुन २८
नेकपा एमालेका नेता सुवास नेम्वाङले माओवादी केन्द्रसँग पार्टी एकताको घोषणा वैशाख ९ गते हुने दाबी गरेका छन् । एमाले नेता नेम्वाङले बैशाख ९ गते कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर २ पार्टीबीच एकता हुने विषयमा छलफल भइरहेको जानकारी दिएका हुन् ।
सोमबार संघीय संसद भवन परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उनले पार्टी एकतामा अब ढिलाई नहुने पनि स्पष्ट पारे । पार्टी एकताका लागि गठित २ कार्य दलले प्रतिवेदन बुझाएलगत्तै पार्टी एकताको औपचारिक घोषणा हुने नेता नेम्वाङको भनाई छ ।
उनले पार्टी एकतालाई अन्तिम रुप दिन पार्टी एकता संयोजन समिति र कार्यदलबीच गृहकार्य भइरहेको पनि बताए । संसद र संसदीय गतिविधिमा बढि ध्यान दिनु परेको कारण पार्टी एकता कार्यदलले अपेक्षा अनुसार काम गर्न नपाएको दुवै दलको भनाइ छ ।
२ पार्टीबीच एकीकरणको दस्तावेज तयार पार्न एमाले वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको विधान निर्माण कार्यदल र माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा नेतृत्वको संगठन निर्माण कार्यदल गठन गरिएको छ ।
नेता नेम्वाङले दुवै कार्यदलले आफ्नो कामलाई अन्तिम चरणमा पु¥याएको पनि बताए । उनले पार्टी एकता हुनेमा शंका नगर्न पनि आग्रह गर्नुभयो ।