सीमा विवादलाई लम्बेतान गर्नुहुँदैनः नेपाल

१९ पुस ७६, आइतबार

२० पुस, कञ्चनपुर ।
पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाल र भारतबीच देखिएको कालापानी लगायत क्षेत्रको सीमा विवाद तत्काल टुंग्याउनु पर्ने बताएका छन् ।

आइतबार प्रेस संगठन नेपालले महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा नेता नेपालले भारतले कालापानी क्षेत्रलाई आफ्नो नक्सामा समावेश गरको लगायत विषय तथ्य र प्रमाणका आधारमा टुंग्याउनु पर्ने बताए ।

‘हिजोसम्म हुन नसकेको विवाद समाधानको काम अब तथ्य र प्रमाणका आधारमा टुग्यांउनुपर्छ’ नेपालले भने, ‘मौका पनि यही, दुवैतर्फ बलियो सरकार भएको बेला समाधान गर्नुपर्छ पनि छ। यसलाई लम्बेतान गर्नुहुँदैन।’

Advertisement

उनले अहिले भारतले छिमेकीको विश्वास जित्ने अवसर आएको बताए। भारतले यसअघि पनि तत्कालीन एमालेको सरकारका पालामा समेत कालापानीको विषयमा वार्ताबाट विवाद समाधान गर्न सकिने कुरा पत्रमार्फत जानकारी गराएको बताए।

नेपालले मिलिनिय च्यालेन्ज कर्पोरेसन् (एमसीसी)अनुदानका विषयमा समेत पार्टीभित्र छलफल भइरहेको बताए। उनले स्थायी समिति बैठकमा व्यापक छलफलपछि अब केन्द्रीय समिति बैठकमा छलफल हुने बताए।

Advertisement

‘यो विषय आर्थिक सहयोगका रुपमा मात्रै जोडिएको हो भने स्वीकार गर्नुपर्छ,’ उनले भने, ‘तर यसका पछाडि कुनै रणनीतिक कुरा जोडेर हामीलाई कुनै गठबन्धमा लगिँदैछ भने त्यो स्वीकार्य हुँदैन।’

नयाँ संरचनाअनुसार कानुन निर्माणदेखि कर्मचारी व्यवस्थापन लगायतका सबै काम एकैपटक गर्नुपर्ने भएकाले सरकारले गति लिन नसकेको उनले बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top