मोरङ प्रहरीको सक्रियतामा ८ मोटरसाईकल र १३ मोबाइल बरामद

२० पुस, विराटनगर । पछिल्ला समय मोरङमा मोटरसाईकल चोरीका घटना बढिरहेको बेला मोरङ प्रहरीले चोरी भएका ८ थान निजि सवारी साधन विभिन्न स्थानबाट बरामद गरेको छ ।

गत पुस ११ गते चोरी भएको स्थानीय दिपेन्द्र राईको नाममा दर्ता भएको को १४ प ८४४९ नम्वरको स्कुटर पुस १३ सुन्दरहरैचाका सन्तोष खत्रीको साथबाट बरामद गरिएको बेलबारीमा पत्रकार सम्मेलन गर्दे प्रहरीले जानकारी दिएको छ । बेलबारीका प्रहरी प्रमुख इन्स्पेक्टर गुणराज लोहनीका अनुसार खत्रीकै सूचनाको आधारमा केरावारी गाउँपालिका वडा नं ७ का महेश्वर मगरको गोठमा लुकाई राखेको अवस्थामा २२० सि.सि.को पल्सर मोटरसाइकल र पार्टपुर्जा बरामद भएको छ ।

त्यस्तै केरावारी निवासी तुलसी मगरको ग्वालीभित्र लुकाइ राखेको अवस्थामा १ थान मोटरसाइकल, पाटपुर्जा, इन्जिन एक थान समेत गरी जम्मा ४ थान मोटरसाइकल बरामद गरी थप अनुशन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले जानकारी दिए ।

त्यसैगरी सुन्दर हरैचा ५ का संगम गुरुङको घरबाट चोरी भएको पल्सर मोटरसाइकल सहित सुन्दरहरैचा ७ का निश्चल श्रेष्ठ र रोजिस राई पक्राउ परेका छन् । उनीहरुको साथबाट चोरी भएको २ थान मोटरसाइकल पनि फेला परेको छ । त्यस्तै विभिन्न स्थानबाट हराएका मोवाइल समेत बरामद गरी प्रहरीले मोबाईल धनीलाई बुझाएको छ ।

पत्रकार सम्मेलनमा एसपी अधिकारीले पछिल्लो समय मोरङमा सुरक्षा व्यवस्था थप कडा पारिएको बताए । उनले चोरी, डकैती, अवैद्य कारोवार लगायत हरेक आपराधिक क्रियाकलापहरुलाई निर्मूल पार्न मोरङ प्रहरी सक्रिय रहेको समेत बताएका छन्  ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top