पक्राउ परेका १२२ चिनियाँ नागरिकलाई ‘डिपोर्ट’ गर्ने प्रकृया सुरु, राहदानी नभएका ९२ जनाको ‘ट्राभल डकुमेन्ट’ बनाइदिन चिनियाँ दूतावासलाई आग्रह

२१ पौष, काठमाडौँ । काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकलाई अध्यगमन विभागले ’डिपोर्ट’ गर्ने प्रकृया सुरु गरेको छ ।

Advertisement

अध्यगमनले पक्राउ परेका मध्ये ९२ जनाको राहदानी नरहेको देखिएपछि चिनियाँ दूतावासलाई ’ट्राभल डकुमेन्ट’ बनाइदिन आग्रह गरेको छ ।

अध्यगमनमा निर्देशक रामचन्द्र तिवारीका अनुसार पक्राउ परेका ३० जनासँग मात्रै वैधानिक चिनियाँ राहदानी रहेको छ भने अन्यसँग कुनै कागजपत्र नै छैन । उनको अनुसार पक्राउ परेका चिनियाँहरुबाट बरामद गरिएको राहदानीहरुको पनि जाँच भइरहेको छ ।

Advertisement

अध्यगमनका अनुसार पक्राउ परेका चिनियाँहरुलाई लिन दुईवटा चार्टर्ड विमान काठमाडौं आउने भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले पुस ७ गते मनमैंजु, बाँसबारी र बूढानीलकण्ठका १० वटा घरमा छापा मार्दा गिरोहका सदस्यहरू पक्राउ परेका थिए ।

गैरकानुनी अनलाइन कारोबार, साइबर र सीमापार अपराधको आशंकामा पक्राउ परेका चिनियाँविरुद्धको कसुर पुष्टि नभएपछि स्थानीय प्रशासनले आइतबार ‘अभद्र व्यवहार’ मा जनही एक हजार रुपैयाँ जरिवाना गराएको थियो।

Advertisement

दुई साता लामो अनुसन्धानमा चिनियाँले अध्यागमन कानुन उल्लंघनबाहेक अर्को अपराध गरेको नभेटिएपछि अभद्रमा जरिवाना असुल गरेर उनीहरूलाई नेपालबाट चीन फिर्ता गर्नका लागि अध्यागमन विभागको जिम्मा लगाइएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top