२३ पुस, एजेन्सी ।
इरानी विदेशमन्त्री जावाद जरिफले अमेरिकाले इरानी सैन्य नेता कासिम सुलेमानीको हत्या गरेर द्वन्द्वको बाटो रोजेको बताएका छन्।
एक अन्तर्वार्तामा उनले सुलेमानीको हत्या युद्धकार्य भएको र त्यसयता अमेरिकी अधिकारीहरूले सार्वजनिक र व्यक्तिगतरूपमा रूखो, मूर्खतापूर्ण र हठी सन्देश प्रवाह गरेको बताएका छन्।
उनलाई न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको भ्रमण गर्न प्रवेशाज्ञा दिन अस्वीकार गरेर अमेरिकाले सन् १९४७ मा गरिएको संयुक्त राष्ट्रसङ्घ मुख्यालयको सहमतिको उल्लङ्घन गरेको छ।(बीबीसी)
