विदेशबाट पार्सल आएको भन्दै ठगी गर्ने दुई विदेशीसहित तीन नेपाली पक्राउ

२५ पौष, काठमाडौं । फेसबुक लगायतका सामाजिक सञ्जालबाट पार्सल आएको छ भन्दै ठगी गर्ने पाँच जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले दुई जना विदेशी नागरिकसहित तीन जना नेपालीलाई पक्राउ गरेको छ । प्रहरीले मुख्य अभियुक्त नाइजेरियन नागरिक साइरिल चिनोन्सो आइबेस, आइभेरीकोष्टका आसापे एडजी पिइरजिनसहित चितवनका रामचन्द्र गैह्रे, हरि ओझा र ठमेलका उमेश श्रेष्ठलाई पक्राउ गरिएको एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।

फेसबुक, वाट्स एप, भाइबर,इमो र ट्वीटर प्रयोग गरेर उनीहरूले नेपाली ठग्ने गरेको उनले बताए । विदेशी नागरिकको प्रोफाइल बनाएर उनीहरूले बहुमूल्य सामान गिफ्ट भन्दै ठगी गर्ने गरेका थिए ।

‘नेपाल आउँदैछु, तपाईंको साथीले गिफ्ट पठाएको’ भन्ने र विमानस्थलमा एक्सरेमा हेर्दा सो गिफ्टभित्र अमेरिकी डलर देखिएको भन्दै त्यसलाई छुटाउन केही रकम लाग्ने भन्दै खाता नम्बर दिएर त्यसमा पैसा हाल्न लगाएको भेटिएको एसपी पाण्डेले बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top