बिग ब्यास : मेलबर्न स्टार्स सातौं जित, सन्दीपले लिए २ विकेट

२४ पुस ७६, शुक्रबार

एजेन्सी, पुस २५
अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा कप्तान ग्लेन म्याक्सवेलले उत्कृष्ट ब्याटिङ गरेपछि सन्दीप सम्मिलित मेलबर्न स्टार्सले मेलबर्न रेनेगेड्सलाई ७ विकेटले पराजित गरेको छ । रेनेगेड्सले पस्तुत गरेको १ सय ६९ रनको लक्ष्य स्टार्सले १८.४ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । यो जारी बिग ब्यासमा मेलबर्न स्टार्सको सातौं जित हो ।

मेलबर्न स्टार्सको सहज जितमा कप्तान ग्लेन म्याक्सवेल ४५ बलमा १ चौका र ७ छक्का सहित ८३ रनमा अविजित रहे । निक लरकिन २८ बलमा १ चौका र १ छक्का सहित ३३ रनमा अविजित रहे । चौथो विकेटका लागि निक लरकिन र ग्लेन म्याक्सवेलले १ सय १५ रनको अविजित शतकीय साझेदारी गर्दै सहज जित पक्का गरे । ओपनर मार्कस स्टोइन शुन्यमा आउट हुँदा हिल्टन कार्टराइटले २१ बलमा ४ चौका र १ छक्का सहित ३५ रनको योगदान दिए । बेन डंक १४ रनमा आउट भए ।
त्यसअघि टस हारेर ब्याटिङ थालेको मेलबर्न रेनेगेड्सले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो ।

रेनेगेड्सका शन मार्शले सर्वाधिक ६३ रनको योगदान दिए । सन्दीपले १४ औं ओभरको तेस्रो बलमा कट एण्ड बोल्ड आउट गर्नुअघि मार्शले ४३ बलमा ७ चौका र २ छक्का प्रहार गरे । मार्कस हरिस ३२ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ४२ रनमा रन आउट भए ।

पहिलो विकेटका लागि मार्श र हरिसले १०.३ ओभरमा ८६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । बेयू वेबस्टर २५, डानियल क्रिस्टियन १२ र टम कपुर १५ रनमा आउट भए । सन्दीप लामिछानेले ४ ओभरमा ३९ रन खर्चिदै २ विकेट लिए । नाथन कुल्टर नाइलले २ र हरिस रउफले १ विकेट लिए ।

तेस्रो आभर बलिङ गर्न आएका सन्दीपले १४ औं ओभरको तेस्रो बलमा आफैं क्याच लिदै मार्शलाई ६३ रनमा पेभिलिएन फर्काए । त्यस्तै १७ औं ओभरको पहिलो बलमै सन्दीपले वेबस्टरलाई सेब गोचबाट क्याच गराए ।

जारी बिग ब्यासमा मेलबर्न स्टार्स ८ खेलमा ७ मा जित र १ मा १४ अंक सहित शीर्ष स्थानमा छ । ८ खेल मा ८ खेल नै हारेको रेनेगेड्स पुछारमा छ । मेलबर्न स्टारले सिड्नी सिक्सर्ससँग आईतबार खेल्ने छ ।

भर्खरको समाचार

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

सम्बन्धित समाचार

Scroll to Top