२६ पौष, एजेन्सी । युक्रेनियन राष्ट्रपति भोलोदिम्यर जेलेन्स्किीले विमान खसालेको घटनाको पूर्ण छानविन गर्दै इरानबाट क्षतिपुर्ति माग गरेका छन् ।
१ सय ७६ जना प्यासेन्जर चढेको युक्रेनी विमान बुधबार इरानमा दुर्घटना भएको थियो । उक्त दुर्घटना इरानले ‘भूलवश खसेको’ प्रतिक्रिया दिएपछि युक्रेनी राष्ट्रपतिले क्षतिपुर्तिको माग गरेका हुन् ।
शनिबार राष्ट्रपति भोलोदिम्यरले इरानले गल्ती स्वीकारिसकेकोमा छानविन गर्न माग गरेका हुन् । उनले क्षतिपुर्ति साथै न्यायको लागि माग गरेका हुन् । कुटनीतिक तहबाट औपचारिक रुपमा माफी माग्नुपर्ने पनि उल्लेख गरेका छन् ।
इरानले भने आफ्नो फौजले ‘भूलवश’ विमान खसालेको प्रतिक्रिया दिइसकेको छ । घटनालाई इरानले मानवीय गल्ती दावी गरेको छ । राष्ट्रिय टेलिभिजनले पनि इरानी फौजलाई उद्धृत गर्दै विमान संवेदनशील सैनिक क्षेमा खसेको जनाएको थियो ।