प्रदेश ३ को राजधानी हेटौँडा र नाम बागमती कायम

२७ पुस, हेटौँडा ।
प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौडा र नाम बागमती कायम भएको छ । आइतबार बसेको प्रदेशसभाको बैठकले प्रदेशको नाम र राजधानी कायम गर्ने प्रस्वाव दुई तिहाइ बहुमतले पारित गरेको हो ।

मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ को राजधानी हेटौडा कायम गरियोस भनेर पेश गरेको प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । उक्त प्रस्तावमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले समर्थन गरे । सांसदहरु रिता माझि र रिना गुरुङले प्रस्तावको समर्थन गरेका थिए । प्रदेशको राजधानी हेटौडा राख्ने पक्षमा १०५ मत खसेको थियो । विशेकशील साझा पार्टीका तीन जनाले प्रस्तावको विपक्षमा मतदान गरेका थिए भने सभामुखले सानु कुमार श्रेष्ठले मतदान गरेनन् । स्वतन्त्र सांसद प्रेमबहादुर तामाङले प्रकृयामा भाग नै लिएनन् ।

प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता बानियाँले प्रदेश ३ को नामाकरण बागमती कायम गरियोस भनी पेश गरेको प्रस्ताव पनि पारित गरेको छ । बानियाँले प्रस्ताव गरेको उक्त नाममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद रामेश्वर फुयाल, राप्रपाकी रिता माझी र रिना गुरुङ, विवेकसील साझा पार्टीका रमेश पौडेल र शोभा शाक्यले समर्थन गरेका थिए । नाम बागमती राख्ने प्रस्तावको पक्षमा १०८ मत परेको थियो । विपक्षमा मतदान नै भएन् ।

Advertisement

नामका विषयमा विवेकशील साझा पार्टी सहमत भएपनि राजधानीका विषयमा भने फरक प्रस्ताव दर्ता गरेको थियो । साझाले प्रदेशको राजधानी धुलिखेल प्रस्ताव गरेको थियो उक्त प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ ।

Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top