×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१. (कर्तव्य विमुख प्रहरी)
दिलीप हत्या प्रकरणमा दिलीपको शवको मुचुल्का नगरी प्रादेशिक अस्पतालमा पठाएपछि ढल्केवरका प्रहरी निरीक्षक रामकुमार यादव जिल्ला तानिए /घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारवाही गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको निर्देशन ।

Advertisement
Advertisement

२. (महरा प्रकरण)
निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कार प्रयासको आरोप लगाउने महिला कर्मचारीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई बयानका लागि झिकाउन काठमाडौं जिल्ला अदालतको आदेश /घटनाको विवरण कागज गर्नेहरुलाई पनि बयानका लागि झिकाउन आदेश ।

३.(राष्ट्र नायकको सम्झना)
नेपाल एकिकरणका नायक पृथ्वीनारायण शाहको सम्झनामा देशैभर २९८ औं पृथ्वी जयन्ती मनाइयो /विराटनगर लगाायत मुलुकभर प्रभातफेरी, पदयात्रा, शाहको शालिकमा माल्यार्णपण लगाायतका कार्यक्रम समपन्न ।

४.(न्वारान गरियो)
प्रदेश ३ को स्थायी राजधानी हेटौडा र नाम बागमती कायम /राजधानी हेटौडा राख्ने पक्षमा १०५ मत तथा नाम बागमती राख्ने प्रस्तावको पक्षमा १०८ मतसहित दुईतिहाई स्वीकृत ।

५.(छायामा संसद)
आइतबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश बस्न नसक्ने व्यहोरासहित सूचना प्रकाशन गर्दै माघ ६ गते सम्मकालागि स्थगित /सत्तारुढ नेकपामाले सभामुख चयन गर्न नसक्दा संसदमा सकस ।

६.(अडिग शिवमाया)
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमलले गरेको राजिनामाको आग्रहलाई उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेद्वारा फेरी अस्वीकार /उपसभामुखलाई बोलाएरै छलफल गर्दा पनि निकास दिन नमानेपछि नेकपा नेतृत्व संकटमा ।

७.(खोई सहमति ?)
सर्लाहीका उखु किसानहरुको सरकारी अनुदानको रकम माघ ७ गतेसम्म उपलब्ध नगराए आन्दोलन गर्ने किसानहरुको चेतावनी / अनुदान बापतको प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा दिनुपर्नेमा अहिलेसम्म नदिइएपछि सरकारलाई समयसीमा ।

८.(एमसीसीका भक्त)
सत्तारुढ दलभित्र विभिन्न वहानामा एमसीसी सम्झौताबाट पछि हट्ने चलखेल भईरहेको नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देवको आरोप /सम्झौताको वास्तविक विषयवस्तुलाई अन्यत्र तोडमोड गर्ने काम भएकोमा आपत्ति ।

९.(खुल्यो ढोका)
नेपाल र चीनबीच भएको पारवहन सम्झौता कार्यान्वयनमा आयो /सम्झौता कार्यान्वयनमा आएसँगै नेपालले चीनका सातवटा बन्दरगाह प्रयोग गर्न सक्ने / चीन तर्फका ६ वटा नाकाहरु प्रयोग गर्ने सहमति ।

१०.(ब्यवहारका कुरा)
कर तिर्ने व्यवसायीहरुलाई कर कार्यालयका कर्मचारीहरुले राम्रो व्यवहार नगरेको व्यवसायीहरुको आरोप / बजारले आफै निर्धारण गर्नुपर्ने वस्तुको मूल्य निर्धारण सरकारले गरेकोले व्यवसायिक स्वतन्त्रता नरहेको उल्लेख ।

११.(फलाम उत्पादन)
नवलपरासीमा भेटिएको फलाम खानीबाट फलाम उत्खननको तयारी अन्तिम चरणमा /दैलेखमा भेटिएको पेट्रोलियम पदार्थको अन्वेषणका लागि चीनसँग सम्झौता भइ काम सुरु भइसकेको उद्योग मन्त्रालयको दाबी ।

१२.(फोहोरबाट उर्जा)
संयुक्त अरब इमिरेट्स (यूएइ)ले नेपालमा शहरी फोहोरबाट आधुनिक उर्जा उत्पादन प्रयोजनका लागि करिब १ अर्ब १३ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा दिने / ६९ वटा नगरपालिकामा फोहोरबाट ठूला बायोग्यास आयोजना सञ्चालन गरिने ।

१३.(कनिका छरियो)
सरकारले घोषणा गरेको ३२ वटा औद्योगिक ग्रामहरुको पूर्वाधार निर्माणका लागि स्थानीय तहरुलाई ९२ लाख निकासा गर्न उद्योग मन्त्रालयको निर्देशन/ तीन महिनाभित्र अत्तरिया, धनगढी, इटहरी र विराटनगरमा औद्योगिक करिडोरको सम्भाव्यता अध्ययन गरिने ।

१४.(डिभिजनको दौड)
रुस्लान थ्री स्टार क्लब ‘ए’ डिभिजन लिगको छैटौ चरणमा फ्रेन्ड्ससँग १–० ले स्तब्ध /अर्को खेलमा ब्रिगेड ब्वाइजसंग गोलरहित बराबरी खेल्दै सरस्वतीले जोड्यो पहिलो अंक / लिगमा सोमबार २ खेल हुने ।

Advertisement

र,
१५.(अनियन्त्रित आगो)
अस्ट्रेलियामा लागेको आगो अहिलेसम्म पनि रोकिएन /आगलागीबाट अहिलेसम्म २८ जनाको मृत्यु / कम्तीमा दुई हजार घर र झण्डै ५० करोड जनावर र पशुपंक्षीको मृत्यु।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top