तीन महिनाभित्र विराटनगरमा औद्योगिक करिडोरको सम्भाव्यता अध्ययन

२७ पुस, काठमाडौँ ।
सरकारले आगामी ३ महिना भित्र विराटनगरमा औद्योगिक करिडोरको सम्भाव्यता अध्ययन गरिसक्ने कार्ययोजना बनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका आगामी कार्ययोजनाका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनम मन्त्री लेखराज भट्टले तीन महिनाभित्र अत्तरिया, धनगढी, इटहरी र विराटनगरमा औद्योगिक करिडोरको सम्भाव्यता अध्ययन प्रकृया सुरु गरिने पनि बताएका हुन् ।

यहि आर्थिक वर्षभित्रमा प्रकृया पुरा गरेर थप ७० वटा औद्योगिक ग्राम घोषणा गरी सरकारबाट अनुदान दिइने उनले बताए । यस्तै सरकारले घोषणा गरेका ३२ वटा औद्योगिक ग्रामहरुको पूर्वाधार निर्माणका लागि स्थानीय तहरुलाई ९२ लाख रुपैयाँ निकासा गर्न निर्देशन दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले गत असोजमा मन्त्रिपरिषद् गरेको निर्णय अनुसार घोषणा भएका ३२ औद्योगिक ग्रामको पूर्वाधार निर्माण र विकासका लागि स्थानीय तहहरुलाई १५ दिनभित्र रकम निकासा गर्न निर्देशन दिएका हुन । झापाको दमकमा रहेको औद्योगिक क्षेत्र लागि १४ सय ८२ रोपनी जग्गा औद्योगिक व्यवस्थापन कम्पनीको स्वामित्वमा आएको उनले बताए ।

मन्त्री भट्टले ढंगा गिट्टी र बालुवा जस्ता निर्माणजन्य पदार्थको उत्खननका लागि नदीमात्रै प्रमुख स्रोत रहेको अवस्थामा विभिन्न खानी तथा भूगर्व विभागले पहिचान गरेका १४ जिल्लाका ९१ खानीहरुको सञ्चालन र प्रवद्र्धनका लागि नीजि क्षेत्रको संलग्नता गराउने बताए । त्यसका लागि बोलपत्र आह्वाको प्रकृया केही दिनभित्रै सुरु गरिने उनले बताए ।

मन्त्रालयले यो आर्थिक वर्षमा सबै पेट्रोलियम पदार्थहरुको अनुगमन पनि गर्ने भएको छ । ६ महिनाभित्र मुल्यवान तथा अर्धमूल्यवान पत्थरहरुको उत्खनन गरी प्रशोधन र निर्यातमा रहेका नीतिगत जटिलता हटाएर ६ महिनाभित्र सुर्खेतमा प्रशोधन केन्द्र स्थापना गर्ने तयारी मन्त्रालयले गरेको छ । कम्पनी रजिष्ट्रारमा ३ महिनामा टोकन प्रणाली र ६ महिनामा मोबाइल एप निर्माण गरी सेवाग्राहरुलाई सुविधान दिनेतयारी मन्त्रालयले गरेको छ । दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माणको आवश्यक तयारी पुरा गरी अर्को आर्थिक वर्षमा निर्माण सुरु गरिने, बैतडीमा फस्फोराइज खनिजको अन्वेषणको काम अन्तिम चरणमा पुगेको र यहि वर्षभित्र ड्रिलिङको काम सम्पन्न गरी मल उत्पादन गर्ने उद्योगको प्रवद्र्धन गरिने मन्त्रालयले जनाएको छ ।

भर्खरको समाचार

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

सम्बन्धित समाचार

Scroll to Top