इराकमा रहेको अमेरिकी सैनिक अड्डामा फेरि रकेट आक्रमण, चार सैनिक घाइते

२८ पुस २०७६, सोमबार
Share this
746shares

एजेन्सी, पुस २८
इराकमा रहेको अमेरिकी वायु सेनाको अड्डामा फेरि इरानले रकेट आक्रमण भएको छ । आक्रमणमा इराकी सेनाका दुई अधिकारी र दुई सैनिक घाइते भएका छन् ।

Advertisement

इराकी सेनाले आइतबार सैनिक अड्डामा आक्रमण भएको जनाएको छ । ‘बगदादबाट झण्डै ८० किलोमिटर उत्तरमा अल–बलाड सैनिक अड्डामा कम्तीमा ६ वटा रकेट प्रहार भएको छ’, सेनाले जारी गरेको बयानमा गरिएको छ ।

अल–बलाड सैनिक अड्डा इराकमा रहेको अमेरिकी वायु सेनाको प्रमुख अड्डा हो । इराकले आफ्नो एफ–१६ लडाकु विमान पनि यही राख्दै आएको छ । यो आक्रमणमा अमेरिकी सैनिकलाई कुनै पनि हानी नपुगेको बताइएको छ ।

Advertisement

अमेरिका र ईरानबीच तनाव बढ्दै गएपछि यहाँबाट धेरैजसो अमेरिकी सैनिकले छोडिसकेका छन् । रकेट कहाँबाट प्रहार भएको थियो भन्ने बारेमा जानकारी प्राप्त भइसकेको छैन ।

ईरानले आफ्नो शीर्ष कमाण्डर कासिम सुलेमानीको हत्यापछि गएको हप्ता यही सैनिक अड्डामा मिसाइल प्रहार गरेको थियो ।

Advertisement

अमेरिकाले इराकको अन्तर्राष्ट्रिय विमानस्थलनजिक क्रुज मिसाइल प्रहार गरेर सुलेमानीको हत्या गरेको थियो । यो घटनापछि अमेरिकी र ईरानबीच तनाव झन् बढ्दै गइरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top