दिलीपको परिवारलाई प्रदेश सरकारले पाँच लाख दिने

२८ पुस, जनकपुरधाम ।
खोलामा बालुवा, गिट्टी उत्खनन् गरेको विरोध गर्दा हत्या गरिएका दिलीप महतोको परिवारलाई प्रदेश सरकारले पाँच लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

Advertisement

सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले मृतक परिवारलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले बताए ।

मिथिला नगरपालिका–५ श्रीनगरका २४ वर्षीय दिलीप महतोको औरही खोलामा बालुवा, गिट्टी उत्खनन् गरेको विरोध गर्दा शुक्रबार बिहान टिपरले कुल्चिएर हत्या गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top