महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक पास्टर पक्राउ

२८ पुस ७६, मंगलबार

२९ पौष, काठमाडौं । ललितपुरबाट एकजना पास्टरलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । महिलालाई जबरजस्ती करणी गरेको जाहेरी परेपछि प्रहरीले अनुसन्धानका लागि पास्टर ध्रुवबाबु जोशीलाई सोमबार साँझ कुसुन्तीबाट नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरकी प्रवक्ता एसपी दुर्गा सिंहका अनुसार पक्राउ परेका जोशीलाई मंगलबार म्याद थप गरी अनुसन्धान गरिनेछ ।

जोशीमाथि तीन महिनादेखि एक महिलालाई जबरजस्ती करणी गर्दै आएको आरोप छ । खुट्टा काम्ने रोगबाट पीडित ती महिलालाई निको बनाइदिने भन्दै जोशीले करणी गरेका थिए ।

उनी रोग निको हुने भन्दै ललितपुरको मण्डली चर्चमा प्रार्थनाका लागि जाने गर्थिन्। ती महिलाको उजुरीमा जोशीले चापागाउँको एक गेष्ट हाउसमा बोलाएर जबरजस्ती करणी गरेको पनि उल्लेख छ ।

करणी गरेको कसैलाई भने परमेश्वरले दिएको शक्ति नाश भई जाने त्रास जोशीले महिलालाई देखाउँदै आएका थिए । पछिल्लो पटक जोशीले आफूले सञ्चालन गर्दै आएको पसलमा पुगेर जबरजस्ती गरेको ती महिलाले उल्लेख गरेकी छन् ।

गोरखा बजार घर भएका जोशी घरमा भने केही वर्षदेखि सम्पर्क्विहीन थिए । उनी पहिले स्थानीय महेन्द्रज्योति माध्यामिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष भए। उनले घरमै पार्टी प्यालेससहित रेष्टुरेन्ट पनि चलाएका थिए ।

केही वर्षअघि उनकी सालीले जोशीसँगको सम्बन्धका कारण झुन्डिएर आत्महत्या गरेकी थिइन् । सालीले घरमै आत्महत्या गरेपछि जोशीले गोरखा छाडेका थिए । त्यसयता उनी सम्पर्कविहीन थिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top