प्रहरीले प्रयोग गर्ने लाठ्ठीमा पनि भारतको भर

२९ पुस, काठमाडौँ ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले व्यापारघाटा कम गर्न औद्योगिक ग्रामको आवधारणा ल्याएको बताएका छन् । नेपाल प्रहरीले प्रयोग गर्ने लाठ्ठी समेत भारतबाट आयात गर्नुपर्ने अवस्थाको अन्त्य गर्दै व्यापारघाटा कम गर्न यो अवधारणा आएको उनले बताए ।

केही वर्ष अघिसम्म गाउँगाउँका जंगलहरुमा बेत पर्याप्त भएपनि अहिले जंगल फडानीका कारण प्रहरीले प्रयोग गर्ने लाठ्ठी समेत भारतबाट आयात गर्नुपर्ने अवस्था आएको उनले बताए । ‘हिजो केटाकेटी बेलामा बेतको जंगलहरु धेरै देखेको थिए । अहिले फडानी गरेर त्यहाँ बास्ती बसेका छन्’, उनले भने, ‘प्रहरीलाई बेतको लठ्ठी भारतबाट आउने गरेका छन् । हाम्रो देशमा उन्नत जातका निगालोहरु पाउने भएपनि त्यसको सदुपयोग हुन सकेको छैन् ।’

मंगलबार राजधानीमा स्थानीय तहका पदाधिकारीहरुसँग औद्यौगिक ग्राम विकास तथा निर्माणका लागि सम्झौता पत्र आदान प्रदान तथा छलफल कार्यक्रममा मन्त्री भट्टले स्रोत, साधन र कला भएपनि त्यसको सदुपयोग गर्न नसकिएको बताए । मन्त्री भट्टले जुम्ला र दार्चुलाको राडीपाखी लिएर दिल्लीमा स—साना केटाहरु ब्यापारका लागि स्मरण गरे ।

Advertisement

व्यापारघाटा बढ्यो भनेर मात्रै चिच्याउनुभन्दा अब घटाउनतिर सबै अग्रसर हुनुपर्ने उनको धारणा थियो । निर्वाचनको समयमा राजनीतिक दलहरुबीच बैचारिक द्वन्द्व हुने गरेको भएपनि विकास जनताका लागि गरिने भएकाले सबैले सहकार्य गरेर अगाडी बढ्नुपर्ने उनले बताए ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top