पोखरामा प्याराग्लाइडिङ वल्र्डकप ‘एशियन टुर’

१ माघ ७६, बिहीबार

१ माघ, कास्की ।

आगामी फागुन ११ देखी १७ (फेब्रुअरी २३ देखी २९) गतेसम्म पोखरामा प्याराग्लाइडिङ वल्र्ड कप एशियन टुर तथा १९ औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनशीप हुने भएको छ ।

नेपाल हवाई खेलकूद संस्था (ना) र नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घको आयोजना तथा प्याराग्लाइडिङको अन्तरराष्ट्रिय छाता संस्था फेडेरेशन एरोनेटिक इन्टरनेशनल (एफएआइ)को सहकार्यमा आयोजना हुने सो टुरमा विभिन्न ३० देशका १२५ खेलाडी सहभागी हुने बताइएको छ ।

एसियाका प्याराग्लाइडिङ खेलाडीलाई विश्वकपको सुपर फाइनलसम्म प्रवेशका लागि सन् २०२० मा तीन वटा टुर आयोजना गर्ने योजनाअनुसार पोखरामा पहिलो टुर हुनलागेको नेपाल हवाई खेलकूद संस्थाका निर्वतमान अध्यक्ष एवम् टुर संयोजक योगेश भट्टराईले जानकारी दिए ।

बाँकी दुई वटा टुर भने मागका आधारमा एशियाका अन्य दुई देशमा गरिने छ । हाल विश्वकपमा ऐशियाली खेलाडीको सङ्ख्या कम भइरहेको अवस्थामा यस टुरले उनीहरुको सङ्ख्या बढाउन मद्दत पुग्ने बताइन्छ ।

‘पोइन्ट’ र ‘¥याङकिङ’का आधारमा एशियामा हुने तीनवटा टुरबाट शीर्ष स्थानमा रहने पाँचदेखि आठ जनासम्म खेलाडीले सन् २०२१ मा हुने विश्वकपको सुपर फाइनलमा प्रवेश पाउने उनले जानकारी दिए । सुपर फाइनलमा पुग्ने खेलाडीको सङ्ख्या भने वल्र्डकप कमिटीले तय गर्ने बताइन्छ ।

अहिले खेलाडीको अनलाइन दर्ता गर्ने क्रम जारी रहेको बताउँदै तयारीस्वरुप नेपाल नागरिक उड्डयन प्राधिकरण र राष्ट्रिय खेलकूद परिषद्सँग समन्वय भइरहेको भट्टराईले जानकारी दिए ।

‘क्रसकन्ट्री’ विधामा स्पर्धा हुने हुँदा तोकिएको स्थानभन्दा केही परसम्म खेलाडी जानुपर्ने भएकाले सुरक्षा संवेदनशीलतालाई हेरेर प्रतियोगिताको समयमा प्रतियोगितास्थल वरपर जहाज वा हेलिकप्टरको उडान रोक्नका लागि समेत प्राधिकरणसँग आग्रह गरिएको नाले जनाएको छ ।

प्रतियोगिताबाट साहसिक खेल प्याराग्लाइडिङको माध्यमबाट राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा नेपालको प्रवद्र्धन हुने भएकाले भ्रमण वर्ष २०२० लाई सफल बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

भर्खरको समाचार

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

सम्बन्धित समाचार

Scroll to Top