बेलबारीमा मोटरसाइकल दुर्घटना हुँदा १ को मृत्यु १ घाईते

२ माघ ७६, शुक्रबार

३ माघ, मोरङ । मोरङको बेलवारीमा मोटरसाइकल दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ भने एकजना घाईते भएका छन् ।

Advertisement

वडानम्बर ११ लक्ष्मीमार्गमा शुक्रबार बिहान पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १६ प १५९१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक झापा दमक १ का २५ बर्षीय हरिबहादुर बि.क र पछाडि सवार कानेपोखरी गाउँपालिका २ का २८ बर्षीय प्रेम दर्जी घाईते भएका थिए ।

घाईते दुबै जनालाई उपचारको लागि बिराटनगरको न्युरो अस्पताल ल्याइएकोमा उपचारको क्रममा प्रेम दर्जीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top