×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

एमएम कपको उपाधि त्रिभुवन आर्मीलाई

४ माघ २०७६

४ माघ, सुनसरी ।
सुनसरीको इनरुवामा सम्पन्न मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । शनिवार इनरुवा क्रिकेट मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ८५ रनले पराजित गर्दै उपाधि जितेको हो ।

यो सँगै विजेता आर्मीले ४ लाख ५ हजार प्राप्त गरेको छ भने उप–विजेता पुलिसले २ लाख ५ हजारमा नगद प्राप्त गरेको छ । १ सय ८५ रनको विजयी लक्ष्य पक्ष्याएको पुलिस २४.४ ओभरमा अल आउट हुँदै ९९ रनमा समेटियो ।

Advertisement
Advertisement

पहिलो ओभरको तेस्रो बलमै स्पिनर सुशन भारीले ओपनर पवन सरार्फलाई शून्यमा बोल्ड आउट गरे । छैटौं ओभरको चौथो बलमा अर्का ओपनर सुनिल धमलालाई बिक्रम शोबले राजु रिजालबाट ८ रनमा क्याच गराए ।

११ औं ओभरको चौथो बलमा कुशल मल्लले अमित श्रेष्ठलाई २३ रनमा एलबी डब्लू आउट गरे । अमितले २८ बलमा ४ चौका प्रहार गरे । १३ औं ओभरको अन्तिम बलमा कुशल मल्लले दीपेन्द्र सिंह ऐरीलाई ५ रनमा विकेटकिपर राजु रिजालबाट स्टम्पिङ आउट गरेपछि पुलिसको उपाधिको सम्भावना टाढिएको थियो ।

१७ औं ओभरको दोस्रो बलमा अनिल कुमार शाहलाई साहब आलमले २१ रनमा बोल्ड आउट गरे । दिलिप नाथ ४, कुशल भुर्तेल २६ रनमा अबिजित र कप्तान मञ्जित श्रेष्ठले १ रनको योगदान दिए । आर्मीलाई उपाधि दिलाउन सुशन भारीले ५।१ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए । कुशल मल्ल र साहब आलमले २–२ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको आर्मी ४८।५ ओभरमा अल आउट हुँदै १ सय ८४ रनमा समेटिएको थियो । खराव सुरुवात गरेको आर्मीलाई कप्तान विनोद भण्डारी र बिक्रम शोबले आठौं विकेटका लागि ५३ रनको महत्त्वपूर्ण साझेदारी गर्दै प्रतिस्पर्धात्मक योगफलमा पुर्याएका थिए ।
यी दुईबीचको साझेदारी दीपेन्द्र सिंह ऐरीले ४४ औं ओभरको पाचौं बलमा बिक्रमलाई १५ रनमा एलबीडब्लू आउट गर्दै तोडेका थिए । विनोदले सर्वाधिक ४० रनको योगदान दिए । पवन सरार्फलाई ठुलो सट प्रहार गरेका विनोद लङ अनमा अनिल कुमार शाहबाट क्याच हुनुअघि विनोदले ६६ बलमा ४ चौका प्रहार गरे ।

आठौं ओभरको पहिलो बलमा दीपेन्द्र सिंह ऐरीले ओपनर अनिल कुमार मण्डललाई ५ रनमा बोल्ड आउट गरे । ११ औं ओभरको तेस्रो बलमा ललित नारायण राजवंशीले सुनिल धमलाबाट राजु रिजाललाई २२ रनमा क्याच गराए । राजुले ३६ बलमा ४ चौका प्रहार गरे ।

१४ औं ओभरको तेस्रो बलमा सागर ढकालले रोहित कुमार पौडेललाई ११ रनमा एलबीडब्लू आउट गरे । १७ औं ओभरको चौथो बलमा भिम सार्कीलाई ललितले ७ रनमा बोल्ड आउट गरे ।

२० औं ओभरको चौथो बलमा कुशल मल्ललाई सागरले १३ रनमा विकेटकिपर दिलिप नाथबाट स्टम्पिङ आउट गराए । कुशलले १० बलमा २ चौका प्रहार गरे । हरि बहादुर चौहान ३ रनमा आउट भए ।

सागरले २८ औं ओभरको पहिलो बलमा दिलिपबाट राजेश पुलामी मगरलाई ३१ रनमा क्याच गराएपछि आर्मी संकटमा परेको थियो । राजेशले ४९ बलमा ४ चौका प्रहार गरे । सुशन भारी ८ र साहब आलमले ४ रन जोडे ।

Advertisement

पुलिसका स्पिनर सागर ढकालले १० ओभरमा १ मेडन सहित २९ रन खर्चेर ३ विकेट लिए । ललित नारायण राजवंशीले १० ओभरमा १ मेडन सहित ३२ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रले ९.५ ओभरमा २७ रन खर्चेर ३ र पवन सरार्फले १ विकेट लिए ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top