पूर्वमन्त्रीको ड्रागनखेती

३ माघ ७६, शनिबार

४ माघ, काठमाडौँ ।

कुनै समय उजाड रहेको दाङको तुलसीपुर उपमहानगरपालिका–१८ तुलसीपुर–घोराही सडकखण्डसँगैको जग्गा अहिले हरियाली बनेको छ । “यो उजाड जग्गामा गाडिएका पिल्लर कहिले फल्ने हुन् ?” भन्दै खिसिट्यूरी गर्नेहरु भने चकित परेका छन् ।

खाली जग्गा सदुपयोग गरेर पूर्वमन्त्री लोकेन्द्र विष्टमगरसहित तीनजनाले ड्रागनखेती गरेपछि त्यो ठाउँ अहिले हरियाली बनेको हो । “ड्रागन फ्रुटको बिरुवा लगाएको दुई÷तीन वर्षपछि मात्रै फल दिन्छ”, मगरले भने, “तर हामीहरुले छिप्पिएका बिरुवा लगाएर होला, नौ महिनामै फल दियो ।”

Advertisement

नौ महिनामै फलेपनि अझै परिपक्क भएको छैन । पहिलो चरणमा थोरै फल दिए पनि आगामी असार, साउन, भदौमा राम्रो उत्पादन दिने मगरको भनाइ थियो । “एउटै बोटबाट तीन/चार केजी फल लाग्छ”, उनले भने , “त्यतिबेला करिब चार÷पाँच टन उत्पादन होला ।”

दाङमा अहिले आफूले ६६ कट्ठामा ड्रागन फ्रुटखेती गरेको भन्दै केही अनुसन्धानकर्ताले नेपालमा यो नै सबैभन्दा ठूलो क्षेत्रफलमा गरिएको खेती भएको बताउने गरेको मगरले बताए । उनले भने, “अझै ठूलो क्षेत्रफलमा यो खेती हुन सकेको छैन, तर आकर्षण बढ्दै गएको छ ।” अहिले फार्ममै आएर धेरैले यो खेतीका बारेमा बुझ्ने गरेका छन् भने केहीले बिरुवा लैजाने गरेका छन् ।

रोग प्रतिरोधात्मक क्षमता धेरै भएकाले यसको खेती वस्तार गर्न ध्यान दिनुपर्ने उनको सुझाव छ । “यो फल किन्न महँगो पर्छ, स्वास्थ्यका हिसाबले एकदमै महत्वपूर्ण भएकोले यो खेती विस्तार गर्ने सोेच बनाएका छौँ”, मगरले भने । नेपालमा यो फ्रुट उत्पादन हुन सकेको छैन । न्यून मात्रामा भियतनामलगायतबाट आउने यो फ्रुट बजारमा पाइन्छ ।

विदेशी ड्रागन फ्रुट रु ७०० देखि १९ सयसम्म किनबेच हुने गर्छ ।

आफू मन्त्री हुँदा चीन गएको बेला उनले ड्रागन फ्रुट खाने अवसर पाएपछि यसबारेमा चासो लिँदै आए । पूर्वमन्त्री मगरले भने, “त्यतिबेला यो फललाई नेपालमा उत्पादन गरे कस्तो हुन्छ होला भन्ने सोच बनाएको थिए ।” नेपालमा यसको खेती भित्रिएको करिब १८ वर्ष जति भएको बताइन्छ । आफूले १५ वर्षदेखि यस खेतीका बारेमा जानकारी लिँदै आएको उनको भनाइ थियो ।

तराईमा यो खेतीका लागि हावापानी उपयुक्त भएकाले दाङमै आएर खेती गरेको उहाँले बताउनुभयो । पूर्वमन्त्री मगरले लामो समय बाँझो रहेको तीन बिघा छ कट्ठा जग्गालाई १५ वर्षसम्मका लागि भाडामा लिएर खेती थालेका हुन् । जग्गा १५ वर्षका लागि रु ४० लाखमा भाडामा लिएको हो । धेरै वर्षदेखि बाँझो जग्गालाई ‘फिलिङ’ गरेर साढे दुई फिट गहिरो पिल्लर गाडिएको र दुई मिटरको दूरीमा बिरुवा रोपिएको छ । त्यही डिप बोरिङ बनाएर हप्तामा दुई/तीन पटक सिँचाइ गर्ने गरिएको छ ।

यसले ग्याष्ट्रिक, कब्जियत, क्यान्सर, मुटुरोगलगायत मानव शरीरमा लाग्ने विभिन्न रोगसँग लड्न सक्ने क्षमता राख्छ । ड्रागनका तीन प्रकारका बिरुवा भए पनि आफूले बाहिर रातो र भित्र सेतो हुने तथा बाहिर पनि रातो र भित्र पनि सेतो हुने दुई प्रकारका बिरुवा लगाएको उनको भनाइ थियो ।

रातमा मात्रै फल्ने ‘रातकी रानी’

यसको फूल रातमा मात्रै फुल्ने र रातमा मात्रै फल लाग्ने भएकाले रातकी रानी भन्ने गरिन्छ । यसमा जेठको १५ देखि कात्तिकको १५ गतेसम्म फुलेर फल लाग्छ । फूल फुलेको चार÷पाँच दिनपछि फूलका पात सुकिसक्ने र सुकेको फूलको चिया बन्ने उहाँको भनाइ छ । फूल फुलेको ४५ दिनमा फल तयार हुने र त्यो १५० ग्रामदेखि एक किलोसम्मको हुन्छ । राम्रो सिँचाइ, मल तथा स्याहारसुसार पाएमा २० देखि ३० वर्षसम्म फल दिन्छ । ड्रागन सिउँडी प्रजातिको फल हो । दाङमा ड्रागन नौलो फल मानिएको छ ।

अन्य मुलुकमा व्यावसायिक रुपमा स्थापित भए पनि नेपालमा भने यो फलले भर्खरै व्यसायीकता पाउन थालेको छ । गर्मी ठाउँमा खेती गर्न सकिने यसमा १२ प्रकारका खनिज तथा भिटामिन पाइन्छ । जस्तोसुकै माटोमा गमला, छत तथा करेसामा लगाउन सकिन्छ । फल खाँदा मीठो नभए पनि औषधि गुुणले भरिपूर्ण रहेको छ ।

यसको फलबाट आइसक्रिम, इनर्जी ड्रिंक, वाइन र ब्रान्डी बनाउन सकिन्छ । यसको मुन्टाको तरकारी बन्ने पूर्वमन्त्री मगरले बताए । लामो समयको अध्ययन र अनुसन्धानपछि यो खेतीतर्फ आकर्षित भएको उनको भनाइ थियो । रासस

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top