नेकपाको नयाँ आचारसंहिता : अब कसैलाई तँ भन्‍न नपाइने

६ माघ ७६, सोमबार
Share this
802shares

६ माघ, काठमाडौँ ।
सत्तारुढ नेकपाले नेता कार्यकर्ताका लागि आचारसंहिता बनाएको छ । आइतबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डद्वारा जारी ११ बुँदे आचारसंहितामा कसैलाई तँ भन्न नपाइने उल्लेख छ। जारी भएको ‘विशेष परिपत्र ७’ अनुसार पार्टीका नेता कार्यकर्ताले आगामी दिनमा अनिवार्य आचारसंहिता पालना गर्नुपर्ने भएको छ ।

Advertisement

आचारसंहिताको बुँदा नम्बर २ मा लेखिएको छ ‘परिवारका सदस्य र अरूसँग बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण बनाउनुपर्छ। कसैलाई पनि हेलाहोचो, एकारान्त तथा तँ भन्न पूर्णरुपले बन्द गर्नुपर्छ। छोरी, छोराको विवाहलाई सरल मितव्ययी बनाउनुपर्छ। जन्मदिन, ब्रतबन्ध, पास्नीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सिमित गर्नुपर्छ।’

त्यस्तै नेकपाका सदस्यहरुले अब जुनसुकै प्रकारको श्रमिक बन्न तयार हुनुपर्नेछ। श्रमिकले आफ्नो कमाइबाट नियमित रूपमा सदस्यता शुल्क र लेबी बुझाउनुपर्ने आचारसंहितामा उल्लेख छ। नेकपाका सदस्यहरुले परिवारका सदस्यहरू सबै जुटेर पारिवारिक बैठक पनि बस्नुपर्नेछ। बैठकमा सबैलाई सल्लाह, सुझाव दिने र आलोचना गर्ने स्थिति निर्माण गर्नुपर्ने बताइएको छ।

Advertisement

‘परिवारका सबै सदस्यहरूबीच दिनभरि गर्नुपर्ने घरका कामहरू सम्पन्न गर्न कार्यविभाजन गर्नुपर्छ’ जारी आचारसंहितामा भनिएको छ ‘कार्यविभाजन गर्दा सबभन्दा अफ्ठेरो काम आफूले लिनुपर्छ। बालबालिका, अशक्त र ज्येष्ठ नागरिकलाई काम लगाउनुहुँदैन र उनीहरूसित प्रेम, सहयोग र सद्भावपूर्ण व्यवहार गर्नुपर्छ। परिवारमा गाली(गलौज, झगडा, भेदभाव र छुवाछूत पूर्ण रूपले अन्त्य गर्नुपर्छ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top