×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

चारआली–केचना चक्रपथको काम शुरु

७ माघ २०७६

७ माघ, झापा ।
मेची राजमार्गअन्तर्गतको चारआली–केचना जोड्ने सडक निर्माणकार्यले तीव्रता पाएको छ ।

चारआली–केचना रिङरोड नामाकरण गर्दै डिभिजन सडक कार्यालय दमकले विसं २०७३ माघ २२ मा लामार वाम्तीर बल्र्ड जेभीसँग रु १२ करोड १२ लाख ९४ हजार २८१ को लागतमा ठेक्का सम्झौता गरेको थियो तर अहिलेसम्म सो सडक बन्न सकेको थिएन ।

Advertisement
Advertisement

देशकै होचो भू–भाग कचनकवल पुग्ने सडक निर्माण शुरु भएसँगै त्यस क्षेत्रका स्थानीयवासी हर्षित बनेका छन् । सडक सञ्जालको पहुँच कचनकवलसम्म नपुग्दा झापाकै उत्कृष्ट पर्यटकीय क्षेत्रका रूपमा रहेको केचना आफैँ ओझेलमा परेको थियो । कचनकवल गाउँपालिका–४ मा नेपालकै होचो भू–भाग कचनकवल स्तम्भ रहेको छ ।

यहाँसम्म पुग्ने सडक कालोपत्र नहुँदा आन्तरिक तथा बाह्य पर्यटक केचनाबजार पुगेर पनि व्यवस्थित सडक नहुँदा त्यहीबाट फर्कने गरेका थिए ।

भारतीय सीमावर्ती नाका नजिकै पर्ने कचनकवल स्तम्भको पर्यटकीय सम्भावनालाई ख्यालमा राख्दै नेपाल सरकारले आर्थिक वर्ष २०७३÷७४ मा कचनकवल स्तम्भ भएर जाने चक्रपथ बनाउने योजना अघि सार्दै सडक निर्माणको काम अघि बढाएको थियो तर निर्माण कम्पनीले काम गर्न सकेको थिएन ।

रिङरोडका लागि बजेटको व्यवस्थापन प्रदेश सरकार कि सङ्घीय सरकारले गर्ने भन्ने विषयमा टुङ्गो लाग्न नसक्दा सो सडक बन्न नसकेको डिभिजन सडक कार्यालय दमकका सबइञ्जिनीयर सरोज सुवेदीले बताए । सङ्घीय सरकारले सो सडक निर्माण गर्ने जनाएपछि काम शुरु भएको सुवेदीको भनाइ छ ।

सडक निर्माणसँगै आठ दशमलव दुई किलोमिटरको रिङरोडमा ह्युमपाइप तथा स्ल्याब कल्भर्ट निर्माण हुने उनको भनाइ छ । केचना सीमाबाट कचनकवल स्तम्भ हुँदै सुकुनाडागीको चाराआली–केचना सडकसम्म जोड्ने रिङरोडको काम चालू छ । रिङरोडका लागि पहिलो चरणको काम यसअघि नै भएको निर्माण कम्पनीका प्राविधिक वैद्यनाथ महतोले बताए ।

रिङरोड सडकभित्र पर्ने क्षेत्रमा ह्युमपाइप तथा स्ल्याब कल्भर्टमध्ये केही निर्माण भइसकेको छ भने केही बनाउन बाँकी रहेको महतोको भनाइ छ । अहिले सडकलाई सम्याउने काम भइरहेको र साढे पाँच मिटर सडक तत्काल कालोपत्र गरिने उनले बताए ।

Advertisement

सडक बन्न शुरु गरेसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्ने भन्दै कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जार आलमले गाउँपालिकाको तर्फबाट सडक निर्माणमा सहयोग पुर्याउने बताए ।(रासस)

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top