प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले आज आईसिपिको उद्घाटन गर्दै

७ माघ, विराटनगर । प्रदेश १ को विराटनगर महानगरपालिकाको भेडियारीमा निमार्ण भएको एकीकृत जाँच भन्सार विन्दु (आईसिपि)को आज उद्घाटन हुँदैछ ।

भारतीय पक्षले आईसिपी निर्माण सम्पन्न गरी नेपाललाई हस्तान्तरण गरेपछि आजबाट आईसिपी सञ्चालनमा आउन लागेको हो । संघीय आयोजना कार्यान्वयन इकाइ मोरङका सूचना अधिकारी राजु शर्माले आज भारतीय प्रधानमन्त्री र नेपालका प्रधानमन्त्रीलाई संयुक्त रुपमा भिडियो कन्फ्रेन्स मार्फत केही वेरमा आईसिपिको उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

त्यसलगत्तै नेपाललाई हस्तान्तरण भएको आईसिपी सञ्चालनमा ल्याउने तयारी भएको छ । भारतीय पक्षले यसअघि गएको भदौ १५ मा नेपाललाई हस्तान्तरण गर्ने बताएको थियो । तर विद्युत जडान र वाल निर्माणको सम्पूर्ण काम पूरा नभएपछि आइसिपी हस्तान्तरणको अवधि पाँच महिना पछाडि धकेलिएको थियो ।

Advertisement

सन् २०१७ मा भारतको गुजरात राज्यको दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकन प्रालीले आईसीपीको निर्माणको ठेक्का पाएसँगै काम सुरु भएको थियो । एक अर्ब १४ करोड भारतीय रुपैयाँको लागतमा इन्फ्राकनले आईसीपी निर्माण सम्पन्न गरेको जनाएको छ । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने भनिएपनि लक्ष्यभन्दा १५ महिनापछि मात्र निर्माण सम्पन्न गरी भारतीय पक्षले नेपालललाई हस्तान्तरण गर्न लागेको हो ।

आईसीपी एक सय २९ बिघा क्षेत्रफलमा फैलिएको छ । आईसीपी परिसरबाहिर ४० बिघा जमिन छ । त्यसबाट दुई लेनको सडक र पछि आवश्यकताअनुसार ६ लेनसम्मको बनाइनेछ ।

Advertisement

सीमाको दसगजालाई आधार बनाएर आईसीपी निर्माण गरिएको हो । आईसिपी सञ्चालनका लागि आवश्यक संरचनाहरु भवन, पार्किङ स्थल, जाँच पोष्टसहितका संरचना निर्माण गरिएको छ ।

Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top