दामनको रिसोर्टमा सुतेका एक भारतीय नागरिकको मृत्यु, सातजना बेहोस

६ माघ ७६, मंगलबार

७ माघ, मकवानपुर । उत्तरी मकवानपुरको पर्यटकीय क्षेत्र दामनको एक रिसोर्टमा सुतेका एक भारतीय नागरिकको मृत्यु भएको छ भने ७ जना बेहोस भएका छन् ।

थाहा नगरपालिका-४ सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमा रिसोर्टमा बसेका भारतीय पर्यटक मंगलबार बिहान अचेत अवस्थामा भेटिएका थिए ।

मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले उनीहरू ग्यास हिटर बालेर सुतेको र भेन्टिलेटर पनि नभएकाले निसास्सिएको बताए । १५ जनाको समूहमा गएका उनीहरूले दुई कोठा रिजर्भ गरेका थिए ।

Advertisement

एक कोठामा ८ र अर्कोमा ७ जना सुतेका थिए। अर्को कोठामा रहेका भारतीयलाई भने केही भएको छैन । काठमाडौं ल्याइएका पाँच जनाको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top