धादिङमा मिनि ट्रक दुर्घटना: ७ जनाको मृत्यु, घाइते १५ जनालाई काठमाडौं लगियो

७ माघ, धादिङ ।
धादिङको ज्वालामुखी गाउँपालिका ४ ढोलामण्डलीको दर्शन गरेर फर्किदै गरेका यात्रु चढेको ट्रक निलकण्ठ नगरपालिका–८ मा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। ढोलामण्डलीमा लागेको मेला दर्शन गरेर फर्किदै गरेका ४५ जना यात्रु सवार ग १ ख ८०१२ नम्बरको मिनी ट्रक मंगलबार दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो।

दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको १ जनाको उपचारको क्रममा क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।मृतकको सनाखत भईनसकेको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी रवीन्द्र रेग्मीले बताए । उनले दुर्घटनामा गम्भीर घाइते १५ जनालाई उपचारका लागि काठमाडौं पठाईएको र अन्य घाइतेको जिल्ला अस्पतालमा उपचार भइराखेको जानकारी दिए ।

प्रत्यक्षदर्शी विजय अधिकारीका अनुसार तीब्र गतिका कारण दुर्घटना भएको हो। मिनी ट्रकमा ढोला मण्डलीमाईको दर्शन गर्न गएका निलकण्ठ नगरपालिका–२ भुलभुलेका बासिन्दा चढेको प्रहरीले बताएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top