भुक्तानी नगर्ने तीन उखु मिलको आर्थिक कारोबार रोक्का हुने

८ माघ, काठमाडौँ । उखु किसानको रकम भुक्तानी नगर्ने तीन उखु मिलको आर्थिक कारोबार रोक्का हुने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्नपूर्ण, इन्दिरा र लुम्बिनी सुगर मिल्सको आर्थिक कारोबार रोक्का गर्न आन्तरिक राजस्व विभागमा पत्राचार गर्ने निर्णय गरेको छ ।

Advertisement

बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयले यसबारे जानकारी दिएकोहो। ती उद्योगहरु मन्त्रालयको सम्पर्कमा नआएकाले आर्थिक कारोबार रोक्का गर्ने तयारी भएको मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले बताए। उखु किसानसँग यी मिलले माघ ७ गतेभित्र सम्पूर्ण बक्यौता रकम बुझाउने सहमति गरेका थिए। यो सहमति मन्त्रालयको मध्यस्थतामा भएको थियो ।

अन्नपूर्ण र इन्दिर सुगर मिल राकेश अग्रवालको हो भने लुम्बिनी सुगर मिल्स मनिष अग्रवालले लिजमा लिएर सञ्चालन गरिरहेका छन्। मनिष अग्रवालको मृत्यु भएकाले उक्त उद्योग हाल कसले सञ्चालन गर्छ भन्ने विषयमा मन्त्रालय बेखबर छ।

Advertisement

यस्तै उद्योग तथा आपूर्ति मन्त्रालयले बुधबार नै गृह मन्त्रालयलाई चिठी काटेर सम्पर्कमा नआएका उद्योगहरुलाई सम्पर्कमा ल्याइदिनका लागि आग्रह समेत गरेको छ। अन्नपूर्ण सुगर मिल्सले विद्युत प्राधिकरणको पनि ठेक्का पट्टा काम गर्ने भएकाले प्राधिकरणले अन्नपूर्णलाई रकम भुक्तानी गर्ने बेलामा मन्त्रालयलाई जानकारी दिनका लागि प्राधिकरणलाई पत्रचार गरेको छ।

सरकार र उखु किसानबीच भएको सम्झौता सकिँदासम्म किसानले १६ प्रतिशत मात्रै भुक्तानी पाएका छन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र उखु किसानबीच पुस १८ गते माघ ७ भित्र सबै भुक्तानी दिइसक्नुपर्ने सहमति भएको थियो । तर अहिलेसम्म किसानले १६ करोड १४ लाख रुपैयाँ मात्रै पाएका छन् । किसानले आठ उद्योगबाट अझै ८४ करोड २५ लाख रुपैयाँ पाउन बाँकी रहेको मन्त्रालयको विवरणमा उल्लेख छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top