×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अग्निप्रसाद सापकोटाका विषयमा माइतीघरमा दुःख नगर्न प्रचण्डको आग्रह

८ माघ, काठमाडौँ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्निप्रसाद सापकोटाका विषयमा माइतीघरमा दुःख नगर्न आग्रह गरेका छन् । सभामुखका लागि सिफारिस हुनुभएका सापकोटाका विषयमा माइतीघरम मानवअधिकारवादीहरुले प्रदर्शन गरिरहेका बेला प्रचण्डको यस्तो अभिव्यक्ति आएको हो ।

बुधबार आफ्नै निवासमा पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले सिंगो राष्ट्र नै सभामुखका विषयमा एक ठाउँमा उभिएका बेला माइतिघरमा दुःख नगर्न आग्रह गरेका हुन् ।  ‘हिजोसम्म आइपुग्दा सभामुखको विषयमा सिंगो राष्ट्र एक ठाउँमा उभिसक्यो । अब साथीहरुले किन दुःख गरेका हुन् जाडोमा’, दाहालले भने ।

Advertisement
Advertisement

नेकपाले सर्वसम्मत रुपमा सापकोटाको नाम सिफरिस गरेको र प्रतिपक्षी दलहरुले समेत समर्थन गरेको अवस्थामा माइतिघरमा दुःख नगर्न प्रचण्डले सुझाव दिए । दाहालले सापकोटाका विरुद्धमा कुनै मुद्धा नै नभएको समेत बताएका छन् । ‘उहाँमाथि केही पनि छैन । बेकारको कुरा हो त्यो । हाम्रो पार्टी त सर्वसम्मत निर्णय गरेर सभामुखमा अग्नि सापकोटालाई अघि सा¥यौ । हिजो प्रतिपक्षी र अरु पार्टीले समेत उहाँलाई समर्थन गरिसकेपछि सिंगो राष्ट्र नै एक ठाउँमा भएको बेला माइतिघर मण्डलामा साथीहरुले दुःख नगरे हुन्थ्यो’, प्रचण्डले भने ।

Advertisement

यसअघि बुधबार दिउँसो मावनअधिकारवादीहरुले अदालतमा मुद्धा चलिरहेको व्यक्तिलाई सभामुख बनाउन लागिभएको भन्दै विरोध प्रदर्शन गरेका थिए । ‘हत्या घटनामा अनुसन्धानको क्रममा रहेका व्यक्तिाई सभामुख नबनाउ, पीडितलाई थप अपहेलित र अपमानित नगर, मानव अधिकार र कानूनी शासनको सम्मान गर’ भन्ने नारा सहित अधिकारवादीहरुले प्रदर्शन गरेका थिए ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top