इटहरी, चैत २
इटहरीमा भएको बलात्कार घटनाका ५ जना आरोपित धरौटीमा रिहा भएका छन् । उनीहरु सबैलाई जिल्ला प्रशासन कार्यालय सुनसरीले जनही ५ हजार धरौटी लिएर छाडेका हो ।
इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठ, तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङ, धरानका सन्तोष विक सोही स्थानका मिलन शंकर र रामधुनी नगरपालिकाका ब्यवसायी रोहित सुब्बा उपर जिल्ला प्रशासन कार्यालय सुनसरीमा केहि सार्वजनिक अपराधअन्र्तगत मुद्दा दर्ता भएको थियो ।
आरोपितहरु सबैलाई मिलापत्र र रकम लेनदेनका साथै परिवारलाई मुद्दा दर्ता नगर्न दबाब दिएको अभियोगमा इलाका प्रहरी कार्यालयले मुद्दा दर्ता गराएको थियो ।
आरोपित उपर थुनछेक बयान पश्चात प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जनही ५ हजार धरौटीमा छाड्न आदेश दिएका हुन् । उनीहरु सबैलाई तारेखमा छाडिएको सुनसरी प्रशासनले जनाएको छ ।
मुद्धा दर्ता भएपश्चात उनिहरु फरार रहँदै आएका थिए । घटना मिलापत्रको दबाब दिएको अभियोगमा सुनसरी प्रहरीका एसपी विद्यानन्द माझीसहित प्रहरीका तीन जना कर्मचारी निलम्बनका परेका थिए ।