नम्बर प्लेट नलेख्नेलाई यसरी कारवाही

१ चैत ७४, शुक्रबार

इटहरी , चैत २
नम्बर प्लेट स्पष्ट बुझिने नराखी सवारीसाधन चलाउनेहरुलाई पूर्व क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय इटहरीले कारबाही सुरु गरेको छ । स्पष्ट नम्वर नदेखिने सवारी साधनहरुले दुर्घटना गरेर फरार भए पहिचान गर्न कठिनाई हुने तर्फ मध्यनजर गर्दै ट्राफिक प्रहरीले स्पष्ट नम्वर प्लेट नराख्नेहरुलाई कारावाही गर्न थालेको हो ।

Advertisement

सवारी साधनमा स्पष्ट नम्वर वुझीने गरी राखेर चलाउन सवारी धनीलाई आग्रह गर्दै ट्राफिक प्रहरीले पहिलो चरणमा स्पष्ट नम्वर नवुझीने सवारी साधन नियन्त्रणमा लिएर तत्काल नम्वर लेखाउने अभियान सुरु गरेको छ ।

केही दिन देखि स्पष्ट नम्वर नदेखिने सवारी चलाई रहेकाहरुलाई नियन्त्रणमा लिएर तत्काल नम्वर प्लेट वुझीने गरी लेख्न लगाउनुका साथै जरिवाना गर्न थालेको पुर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी उपरिक्षक राजकुमार लम्सालले जानकारी दिए ।

Advertisement

उनले पहिलो चरणमा नम्वर प्लेट तत्काल लेख्न लगाउने अभियान प्रदेश नम्वर १ सवै र प्रदेश नम्वर २का दुई वटा जिल्लामा जारी राखेको वताए । एक हप्ते नम्वर प्लेट लेखाउने अभियान पछि पनि स्पष्ट नम्वर नभएका सवारी साधन भेटीएमा कडाइका साथ कारवाही गरिने जनाइएको छ । भोलिसम्म नम्वर लेखाउने अभियान चलाइने छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top