अन्तर्राष्ट्रियस्तरको विस्फोटक पदार्थ देशभित्रै उत्पादन गर्न सेना सक्षम

१० माघ ७६, शनिबार

११ माघ, काठमाडौँ ।

नेपाली सेनाले भौतिक पूर्वाधार (बाटो र सुरुङ) निर्माणमा खपत हुने विस्फोटक पदार्थ (इमल्शन) मुलुकको माग धान्ने गरी अन्तर्राष्ट्रियस्तरको उत्पादन गर्न सक्षम रहेको दाबी गरेको छ । सेनाको उक्त दाबीप्रति अहिले नै विश्वस्त हुने अवस्था नरहेको जनाउँदै विकास आयोजना निर्माणमा संलग्न ठेकेदारले भने नयाँ प्लान्टबाट उत्पादित विस्फोटक पदार्थको गुणस्तरमा सुधार आए तापनि मूल्य र राष्ट्रिय माग धान्ने विषयमा शङ्का नहटेको प्रतिक्रिया दिएका छन् ।

मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सुनाचरी इमल्शन प्लान्टमा चीनबाट खरिद गरी ल्याएको नयाँ उपकरण जडानपछि सेनाले असरदार विस्फोटक पदार्थ उत्पादन गर्दै आएको छ । करिब ३५ करोडको लागतमा जडान गरिएको नयाँ प्लान्टबाट वार्षिक चार हजार ८०० मेट्रिक टन विस्फोटक पदार्थ सजिलोसँग उत्पादन हुने सैनिक सामग्री उत्पादन निर्देशनालयका सहायकरथी हेगेन्द्रलाल महर्जनले जानकारी दिए । गत भदौको अन्तिम साताबाट सञ्चालनमा आएको उक्त प्लान्टबाट अहिलेसम्म उच्च गुणस्तरको २०० मेट्रिक टन विस्फोटक पदार्थ उत्पादन भइसकेको उनले जानकारी दिए।

Advertisement

स्वतन्त्र ऊर्जा उत्पादन संस्था इपानका उपाध्यक्ष कुमार पाण्डे भन्छन्, “सुरुङ निर्माणका क्षेत्रमा ३०औँ वर्ष काम गरिएको हुँदा विभिन्न खाले विस्फोटक पदार्थ प्रयोग गरिएको अनुभव हामीसँग छ, स्वदेशमै उत्पादन हुन्छ र काम दिन्छ भने प्रयोग गर्न तयार छाँै ।” कहाँबाट ल्याएको विस्फोटक पदार्थ कति प्रभावकारी हुन्छ भन्ने पर्याप्त अनुभव हासिल गरेका विकास आयोजना निर्माणकर्ता भन्छन्, “गुणस्तरमा सम्झौता गर्नु भनेको अन्ततः उपभोक्ताले नै खर्च व्यहोर्नु हो, हाम्रो सरोकार गुणस्तर, मूल्य र निरन्तरतासहित सुनिश्चितता होे, त्यो भएन भने हामीले विकल्प रोज्नुपर्ने हुन्छ ।”

मुलुकभित्र विस्फोटक पदार्थको ओसारपोसार, रेखदेख, नियन्त्रण र ढुवानीमा सहयोग पु¥याउँदै आएको नेपाली सेनाले पूर्वाधार विकासका लागि देशलाई आवश्यक पर्ने विस्फोटक पदार्थ एकद्वार प्रणालीमार्पmत होस् भन्ने हेतुले नयाँ इमल्शन प्लान्ट स्थापना गरेको हो । हालसम्म पनि विस्फोटक पदार्थ राख्न, किन्न, एक स्थानबाट अर्को स्थानमा लैजान सरकारका विभिन्न निकाय र सरोकारवाला पक्षले झन्झट र दुःख दिने पूर्वाधार निर्माणकर्ताको गुनासो छ ।

नेपाली सेनाले उत्पादन गरेको विस्फोटक पदार्थको मूल्य प्रतिकिलो १९८ कायम गरिएको छ भने भारतबाट आयात गरिएको सामग्री रु १३२ मै भन्सार पार हुने आयोजना प्रमुखको भनाइ रहेको छ । “बाहिरबाट ल्याउँदा जति झन्झटिलो छ, मुलुकमा उत्पादन भएपछि त्यो हट्नुपर्छ, यसको निराकरण सेनाले गरिदिनुपर्छ, त्यो भएमा हामीलाई यहाँकै सामान किन्न सजिलो हुन्छ”, उपाध्यक्ष पाण्डेले भने । तर ठेकेदारले भने यहाँ उत्पादित विस्फोटक पदार्थले खोजेअनुरुपको नतिजा दिन नसकिए विकल्प खोज्नुपर्ने तर्क गर्दै आएका छन् ।

तनहुँ विद्युत् आयोजनाका ठेकेदार सन्तोष थापाले भने, “पछिल्लो समय गुणस्तर राम्रो देखिएको छ, तर मागअनुसार सामग्री उपलब्ध भएको छैन । मेरो आयोजनालाई दैनिक एक टन चाहिन्छ, सेनाले त्यो पाँच टन एक महिनामा पनि उपलब्ध गराउन सकेको छैन ।

मुलुकमा अब निकट भविष्यमै ठूला ९बूढीगण्डकी, सुनकेसी मरिण डाइभर्शन, अरुण० जस्ता ठूला आयोजना अघि बढ्ने हुँदा अब क्रमशः मागलाई सेनाले थेग्न सक्छ भन्ने ? पाटोबाट प्रश्न उठाइएको छ । सेनाले उक्त प्लान्टका लागि आवश्यक कच्चापदार्थ छिमेकी मुलुक भारत र चीनबाट ल्याउँदै आएको छ । अघिल्लो वर्ष एक हजार टनको हाराहारीमा विस्फोटक पदार्थ आयात गरिएको अनुमान गरिएको छ ।

ठूला आयोजलाई करोडौँ मूल्य बराबरको विस्फोटक पदार्थ लाग्ने हुँदा सेनाले उत्पादन गरेको सामग्री प्रयोगले आयोजनाको लागत नै अस्वाभाविक मूल्य बढ्न सक्ने चेतावनी दिँदै आयोजना निर्माणकर्ता भन्छन्, “दक्षता र मूल्य अन्तर्राष्ट्रियस्तरमा ल्याउनै पर्छ । परिणाम राम्रो हुनु प¥यो ।” नागढुङ्गा सुरुङमार्ग निर्माणका ठेकेदार श्याम खरेलले इमल्शन प्लान्टकोे निरीक्षणपछि भने, “मेरो आयोजनाका लागि ९०० टन इमल्शन आवश्यकता पर्छ, अत्याधुनिक यस प्लान्टबाट गुणस्तरयुक्त विस्फोटक पदार्थ निर्माण गरेको देखिन्छ । यद्यपि, मुलुकको माग धान्न पूर्णरुपमा सञ्चालनमा आए पनि सक्षम देखिन्न, सुधार्ने धेरै ठाउँ छ ।”

नयाँ प्लान्ट भएकाले प्रयोगकर्ताबाट आएका सुझावका आधारमा गुणस्तर सुधार्न र त्यसका आधारमा विश्वसनीयता दिलाउन र कार्यस्थल क्षेत्रमै प्रभावकारिताको पुष्ट्याइँ परीक्षण गर्नेतर्फ सेनाले ध्यान पु¥याओस् भनी ठेकेदारले सेनालाई सुझाव दिएका छन् । इमल्शन प्लान्टका प्रमुख एवं महासेनानी दिवाकर चालिसे भन्छन्, “मुलुकका २१ वटा विकास आयोजनालाई एक वर्ष अवधिसम्म पूर्णरुपमा काम गर्ने क्षमताका गुणस्तरी इमल्शन उत्पादन गरी वितरण गरिएको छ ।”

पूर्वाधार विकास आयोजनामा संलग्न ठेकेदारलाई नयाँ प्लान्टको निरीक्षण गराउँदै प्रभावकारी रहेको परीक्षण पुष्टि गराउँदै ढुक्कसँग विस्फोटक पदार्थको प्रयोग गर्न आश्वस्त तुल्याउने प्रयास गरेको छ । सेनाको भण्डारणमा अहिले एक हजार २०० टन कच्चापदार्थ र ४२ टन तयारी सामग्री रहेको छ । निकट भविष्यमै सेनाले मुलुकको क्षेत्रगत मागलाई ध्यानमा राखेर कौशिला नगर, बर्दिवास र चितवनमा २००÷२०० मेट्रिक टन क्षमताको गोदाम तयार गरेर भण्डारण गर्ने तयारी गरेको छ । रासस

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top