कुसुण्डा भाषाकी एकमात्र ज्ञाता ज्ञानीमैयाले संसार छोडिन्

१० माघ ७६, शनिबार

११ माघ, दाङ ।
एक सातादेखि बिरामी परेर थलिएकी कुसुण्डा भाषाकी एकमात्र ज्ञाता ८२ वर्षीया ज्ञानीमैया कुसुण्डाको शनिबार मृत्यु भएको छ ।

लमही नगरपालिका–६ कुलमोहरस्थित निवासमा निधन भएको उनकी बुहारी आशा पुनले जानकारी दिइन् । पुस २८ मा एक्कासि चक्कर लागेर लडेपछि ज्ञानीमैया थला परेकी थिइन्। उनलाई उपचारका लागि लमही हुँदै मेडिकल कलेज कोहलपुर लगिए पनि स्वास्थ्यमा सुधार आएको थिएन।

कुसुण्डालाई दिमागमा ‘डिजेनेरेटिभ चेन्जेज’ अर्थात उमेर बढ्दै जाँदा मस्तिस्कका सेलहरु नष्ट हुँदै जाने र दमको समस्या भएको उपचारमा संलग्न फ्लोरेन्स अस्पताल लमहीका डाक्टर पुष्प भुसालले बताए।

Advertisement

लामो समयदेखि कुसुण्डा भाषाको संरक्षणमा क्रियाशील ज्ञानीमैया बिरामी हुँदा बेहोस अवस्थामा पनि कुसुण्डा भाषामै बर्बराउने गरेकी थिइन्। उनका एक छोरा र दुई छोरी छन्। छोराको ६ वर्षअघि करेन्ट लागेर मृत्यु भएको थियो। छोरीहरुको विवाह भैसकेको छ। उनी बुहारी र नाति नातिनाका साथ बस्दै आएकी थिइन्।

बाल्यकाल जंगलमा बिताएकी ज्ञानीमैयाले आमाबुवाबाट सिकेको कुसुण्डा भाषालाई अहिलेसम्म बचाएर राखेकी थिइन्। कुसुण्डा जातिको जंगली जीवनको समाप्तिसँगै भाषा संस्कृति पनि संकटमा परेको थियो। ज्ञानीमैयाले भाषा बचाउन अरुलाई पनि सिकाउँदै आएकी थिइन्।

Advertisement

उनको सहयोग लिएर लमहीमा भाषा आयोगले कुसुण्डा भाषाको औपचारिक कक्षा नै चलाएको थियो। पहिलो चरणको कक्षा पूरा भएर दोस्रो चरणको सुरु गरेको बेला उनको निधन भएको शिक्षक उदय आलेले बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top