सन्दीप सम्मिलित स्टार्स बिग ब्यास लिगको क्वालिफायरमा

११ माघ ७६, आइतबार

एजेन्सी, माघ ११
मेलबर्न स्टार्स बिग ब्यास लिगको क्वालिफयारमा प्रवेश गरेको छ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्स शनिबार भएको आफ्नो लिग चरणको अन्तिम खेलमा ब्रिसबेन हिटसँग ७१ रनले पराजित भएपनि शीर्ष स्थानमा रहँदै क्वालिफयारमा स्थान पक्का गरेको हो ।

हिटले प्रस्तुत गरेको १ सय ८७ रनको विजयी लक्ष्य पछ्याएको स्टार्स १७.४ ओभरमा अल आउट हुँदै १ सय १५ रनमा समेटियो । ओपनर मार्कस स्टोनिसले ११ बलमा २ चौका र १ छक्का सहित १७ रन जोड्दै राम्रो सुरुवात दिलाएपनि मध्यक्रममा निरन्तर विकेट गुमाउँदा पराजित हुन पुगेको हो ।

पिटर हेन्डस्कम्ब २७ रनमा रन आउट भए । कप्तान ग्लेन म्याक्सवेललाई मिचेल स्वेपसनले नवौं ओभरको चौथो बलमा १ रनमा बोल्ड आउट गरेपछि मेलबर्न स्टार्सको जित टाढिएको थियो । ब्याटिङ गर्ने मौका पाएका सन्दीप ३ बलमा १ रन बनाउँदै कट एण्ड बोल्ड आउट भए ।मिचेल स्वेपसनले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । मुजिव उर रहमान र जेम्स प्याटिनसनले समान २(२ विकेट लिए ।

Advertisement

त्यसअघि टस जितेर ब्याटिङ थालेको हिटले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो । उसका दक्षिण अफ्रिकाका पुर्व कप्तान एबी डी भिलियर्सले ३७ बलमा ६ छक्का र २ चौका सहित ७१ रनको महत्वपूर्ण इनिङ खेले । ओपनर साम हिजलेटलाई एडम जम्पाले दोस्रो ओभरको अन्तिम बलमा १८ रनमा बोल्ड आउट गरे ।

त्यस्तै अर्का ओपनर बेन कटिङलाई पनि जम्पाले आठौं ओभरको पाँचौ बलमा २२ रनमा निक मडिनसनबाट क्याच गराए । सन्दीपले ११ औं ओभरको चौथो बलमा कप्तान क्रिस लिनलाई ३४ रनमा निक लरर्किनबाट क्याच गराएपछि दबाबमा परेको थियो ।तर डी भिलियर्सले तल्लोक्रममा आक्रामक ब्याटिङ गर्दै बलियो योगफलमा पुर्याएका थिए। मार्नस लाबुेसनले १३ बलमा २ छक्का सहित २४ रनमा अविजित रहे । पाँचौ विकेटका लागि लाबुसेन र डी भिलियर्सले तल्लोक्रममा २९ बलमा ७० रनको साझेदारी गर्दै विशाल योगफलमा पुर्याएका हुन् ।

Advertisement

स्पिनर एडम जम्पाले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । सन्दीप लामिछाने ४ ओभरमा १६ रन खर्चेर १ विकेट लिए । दिलबर हुसैनको नाममा १ विकेट रह्यो । यो हारको बाबजुद पनि बिग ब्यासको लिगमा मेलबर्न स्टार्स शीर्ष स्थानमै रहेपछि क्वालिफायरमा प्रवेश गरेको हो ।मेलबर्न स्टार्स १४ खेलमा ४ मा हार र १० मा जित सहित २० अंक जोड्दै शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको सिड्नी सिक्सर्स १४ खेलमा ९ मा जित र ४ मा हार सहित दोस्रो स्थानमा रहेको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top